भैरहवाबाट पनि कार्गो सेवा सुरु हुने

२०७९ भाद्र १०, शुक्रबार ०२:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

अब भैरहवा बाट छिटै नै कार्गो सेवा सुरु गर्ने व्यवसायीहरुले बताएका छन् । काठमाडौँ पछिको नेपालकै पहिलो अन्तराष्ट्रिय एअरपोर्ट गौतम बुद्ध अन्तराष्ट्रिय एअरपोर्ट विधिवत रुपमा २०७९ जेष्ठ २ गतेबाट संचालनमा आएपछि कार्गो व्यवसायीहरुले भैरहवा बाट छिटै कार्गो सेवा सुरु गर्ने बताएका हुन ।

संचालन भएकै दिन देखि कुवैतको एअरलायन्स जजिरा एअरवयजले हप्ताको ३ दिन उडान भरीरहेको छ। सो उडान आगामी सेप्टेम्बर महिनाको १५ तारिख देखि हप्ताको सातै दिन हुने जानकारी उक्त एअरलायन्सका नेपालका कार्गो प्रतिनिधि टपलाइन वोर्ल्डवाइड कार्गो प्रा। लि। का प्रबन्ध निर्देशक श्री सुनिल श्रेष्ठले जानकारी गराउनु भयो।
साथै टर्कीको पिगासस एअरवयजको समेत नेपालको कार्गो प्रतिनिधि भएकोले काठमाडौँ , कुवैत , साबिया हुदै यूरोप , अमेरिका र क्यानाडामा समेत नेपालमा उत्पादन भएको सामानहरुलाई हवाई कार्गो मार्फत पठाऊन सकिने जानकारी दिनु भयो।

यसैलाई मध्यनजर गर्दै गौतम बुद्ध अन्तराष्ट्रिय एअरपोर्ट हुदै हवाई कार्गो मार्फत सामान विदेश निर्यात गर्नको लागि यहि मिति २०७९र५ र३ गते सेक्युर फ्रेट इन्टरनेशनल प्रा लिका प्रबन्ध निर्देशक ईश्वर बहादुर गुरुङ र टपलाइन वोर्ल्डवाइड कार्गो प्रा लि का सेल्स एण्ड मार्केटिङ मेनेजर राजेन्द्र बानिया सो अन्तराष्ट्रिय एअरपोर्टको स्थलगत अवलोकन भ्रमण समेत गरीसकेका छन् ।

त्यस क्षेत्रका उद्योगी, ब्यबसायीहरुको टोलिसंग अन्तरक्रिया समेत गर्नु भयो। यसै अवसरमा रुपन्देही उद्योग संघका अध्यक्ष माधब पौडेल, कार्यकारी निर्देशक यादब भण्डारी लगायत कार्यकारिणी समितिका उद्योगी ब्यबसायीहरुसंग यस अन्तराष्ट्रिय एअरपोर्ट मार्फत हवाई ढुवानी गरि आफ्नो उत्पादन विदेश निर्यात गर्न सकिने सम्बन्धि अन्तरक्रिया समेत गरेको ईश्वर बहादुर गुरुङ्गले जानकारी दिनु भयो।

तत्पश्चात घरेलु तथा साना उद्योग महासंघ रुपन्देही जिल्लाका अध्यक्ष ध्रुब धिताल, उपाध्यक्ष र महासचिव लगायत अन्य त्यस क्षेत्रका उद्योगी ब्यबसायी जो समान उत्पादन गरि विदेश निर्यात गरिरहेका छन् उहाहरुलाई पनि भेट गरि सोहि एअरपोर्ट मार्फत निर्यात गर्ने सम्बन्धि प्रोत्साहन गरेको जानकारी गुरुङ्गले दिनु भयो।
कम्पनीले मुलुककै गौरब मानिएको भैरहवा विमानस्थल बाट कार्गो सुचारु गर्न कुनै कसर बाकी नराख्ने र भैरहवा बाट जजिरा एरवेज मार्फत कार्गो सुरु गर्न चहाने व्यावसाहीहरुलाई काठमाडौ बाट भन्दा सहुलियत दरमा सेवा दिने कम्पनीमा सेल्स एण्ड मार्केटिङ मेनेजर राजेन्द्र बानियाँले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय