केम्सनमा भक्त हमाल सर्वसम्मत अध्यक्ष

२०७९ श्रावण ८, आईतवार ०५:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रसायन तथा मेडिकल आपूर्ति संघ केम्सनको १६ औं साधारणसभाले भक्तबहादुर हमाललाई सर्वसम्मतिबाट अध्यक्षमा चयन गरेको छ ।
शनिबार काठमाडौंमा सम्पन्न भएको केम्सनको १३ सदस्यीय नव निर्वाचित कार्यसमितिमा १० जना सर्वसम्मतिले चयन गरीएको छ । जसमा निर्वतमान अध्यक्ष सुरेश घिमिर सहित उपाध्यक्षमा उमेशप्रसाद लामिछाने रहेका छन् ।

त्यस्तै महासचिवमा विनोदकुमार मानन्धर, सचिवमा समिर मरहठ्ठा, कोषाध्यक्षमा गणेश प्रसाद सापकोटा रहेका छन् । केन्द्रिय रेमन्त भट्ट, विजय खनाल, अर्जुन रानाभाट र खडानन्द पाण्डे चयन भएका छन् ।

श साधारण सभाले संघको विधान संशोधन गर्दै संघको कार्यसमितिको समय अवधि २ वर्षबाट बढाएर अब ३ वर्ष पुर्याएको छ । २०६१ सालमा स्थापना भएको केम्सनमा हाल देशभरीका ५०० जना सक्रिय सदस्य रहेका छन् । केम्सनले आफ्ना ८ वटा शाखा समेत विस्तार गरिएको निर्वतमान अध्यक्ष घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय