बीमा कार्यक्रम स्थगित हुनुमा सरकारको दोस

२०७९ श्रावण ६, शुक्रबार ०६:१२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालहरुले सरकारका कारण स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न बाध्य भएको बताएका छन् । नयाँ आर्थिक बर्ष सुरु भएसंगै निजी मेडिकल कलेज तथा अस्पतालहरुले सूचना जारी गर्दैै उपलव्ध हुँदै आएको कार्यक्रम स्थगित गरेको बताएका थिए ।

संयुक्त पत्रकार सम्मेलन गरी विराट मेडिकल कलेज तथा काठमाडौँ मेडिकल कलेजका सञ्चालक सुनील शर्मा, विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमानसिंह कार्की र बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बीमा कार्यक्रम स्थगित हुनुमा दोस सरकारको रहेको बताए ।

सरकारले गत १५ जेठमा प्रस्तुत गरेको बजेट बतव्यको १५१ नम्बर बुँदामा स्वास्थ्य बीमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालमा मात्रै सञ्चालन गर्ने भनिएको छ । त्यसपछिको डेढ महिनामा हामीलाई कुनै निर्देशन पनि आएन । हामी आफैले जानकारी लिन खोज्दा पनि केही भनिएन । त्यसैले हामीले बीमा कार्यक्रम रोकेका हौँ,’ बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले भने ।

नोवेल मेडिकल कलेजका सञ्चालक शर्माले आफूलाई फाइदा नहुँदा नहुँदै पनि राज्यको कार्यक्रम सञ्चालन गरिदिएको दावी गर्दै निजी क्षेत्र जनता प्रति उत्तरदायी हुँदा राज्य नभएको आरोप लगाए । ‘

विराट मेडिकल कलेजका सञ्चालक डा कार्कीले पनि राज्यको नीति अनुसार नै आफूहरुले कार्यक्रम स्थगित गरेको बताए ।

सञ्चालकहरुले पुरानो बक्यौँता रकमको सोधभर्ना गरेर आग्रह गरेमा आफूले सो सेवालाई पुन निरन्तरता दिन सकिने बताए । बीएण्डसीले आफूहरुको ५४ करोड बढी र नोवेलले ६२ करोड बढी रकम बीमा बोर्डमा रोकिएको समेत दावी गरे । उनीहरुले ठूलो रकम रोकिदा अन्य सेवामा समेत अफ्टेरो परेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय