जेन्जी आन्दोलनमा हतियार लिने अर्धनग्न कार्की रास्वपा उम्मेदवार

२०८२ फाल्गुन १७, आईतवार ०८:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट


जेनजी प्रदर्शनमा एक अर्धनग्न व्यक्तिको तस्बिर निकै भाइरल भएको थियो । हातमा बन्दुक बोकेका ती व्यक्ति कृष्णकुमार कार्की हुन् । हाल उनी मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् । रतुवामाई नगरपालिका स्थायी ठेगाना भएका कार्कीलाई उम्मेदवार बनाएपछि रास्वपाको चर्को विरोध भएको छ ।

जान्नेलाई छान्ने’ पार्टीले देश जलाउन हिँडेको व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै बिरोध भैरहेको छ । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने र देश जलाउनेलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उठाएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय