नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ वा पुराना पार्टीले आफूलाई बदनाम गर्नका फ्याक्ट्री नै खोलेको बताएका छन् । शुक्रबार बुटवलमा भएको चुनावीसभामा बोल्दै उनले ती फ्याक्ट्रीबाट सामग्री काँटछाँट गरेर भ्रम फैलाउने काम भइरहेको बताए ।
‘मेरो नाममा केही नयाँ र केही पुराना पार्टीले पनि केही नयाँ समग्री बनाउनेछन् या मैले बोलेका पुराना सामग्रीको काँटछाँछ गर्ने फ्याक्ट्री नै खोल्नेछन् भन्ने थाहा थियो । त्यहि फ्याक्ट्रीबाट उत्पादन भएको पछिल्लो सामानमा जनजातिको बारेमा मैले अपमानजनक शब्द प्रयोग गरे भनेर भिडियोको अगाडीको भाग काटिएको प्रसंगमात्र राखिएको छ,’ उनले भने ।
यस्ता सामग्री आएपछि आफूलाई पार्टीका साथीहरूले आत्तिएर फोन गर्ने गरेको थापाले बताए ।


