इलामको श्रीअन्तुमा जादुमय मौसम र दोश्रो घामको झुल्को हेर्न पर्यटकको भीड

२०८२ जेष्ठ १५, बुधबार ०६:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

इलाम र चिया बगान पर्यावाची शब्द जस्तै छ । इलाम सुदुरपुर्वको सुन्दर पर्यटकिय गन्तव्य र चियाको राजधानी भनेर चिनिन्छ । जब इलामका बिभिन्न स्थानमा पुगीन्छ तब आंखाले भ्याउन्जेलसम्म देखिने चिया बगानको दृश्य र पहाडको बस्तीले मनै आनन्दीत बनाउछ । इलामको चिया बगाननै त्यहांको महत्वपुर्ण बिशेषता हो ।  चिया बगाननै पर्यटक भित्राउने महत्वपुर्ण आधार हो । इलामको चिया बगान र चिया शब्द राखेर बनेका गीतहरु सुन्दर दृश्य इलाममा पुगेर सुट गरीएका सयौ गीतका भिडियोहरु चलचित्रहरु छांयाकन पछिल्लो समय बढ्दो छ जसले सिनेमा पर्यटनको लागि महत्वपुर्ण भुमिका खेलेको छ ।

जेठ ७ र ८ गते चलचित्र पत्रकारसंघ नेपालले इलामको सुर्योदय नगरपालिका ४ र ५ मा पर्ने रमणीय स्थल श्रीअन्तु डांडा र अन्तु पोखरीमा २६ औं बार्षिेकोत्सव साथै सिनेमा पर्यटन महोत्सव भनेर बिभिन्न कार्यक्रम गर्यो जहां काठमांडौ लगायत बिभिन्न जिल्लाबाट  २ सय बढी पत्रकारहरुको सहभागिता थियो फिल्मकर्मीहरु सहित । जुन कार्यक्रमले इलामाको सुर्योदय नगरपालिका महत्वपुर्ण पर्यटकीयहब बन्न मद्धत पुगेकोमा स्थानीय जनप्रतिनिधिहरुले खुशी ब्यक्त गरे ।


सुर्यदय नगरपालिकाको श्रीअन्तु डांडा निकै चर्चित छ जहां पहिलो घामको झुल्को हेर्न आन्तरीक तथा बाह्य पर्यटकहरुको भीड लाग्ने गर्दछ ।  नेपालबाट पहिलो  घामको झुल्को कंचनजंघा हिमालबाट देखिन्छ भने दोश्रो इलामको श्रीअन्तुबाट देखिन्छ भन्ने मान्यता छ , बिशेष गरी भदौ असोज तिर धेरै पर्यटकहरु घामको पहिलो झुल्को हेर्न श्रीअन्तु  पुग्छन । अर्कोतिर तराइ भेगको गर्मी छल्न समेत तराइ क्षेत्रबाट र भारतबाट पर्यटकहरु इलामको पहाडको चिसो मौसममा रमाउन पुग्छन् ।

श्रीअन्तुको मौसम जादुमय छ , एकै क्षणमा बादलले ढपक्कै रमणीय पहाडलाई ढाक्छ भने एकै क्षणमा पानी पर्ने घाम लाग्ने भैरहन्छ तर गर्मीवाला जाडोको अनुभव गराउछ । सुर्योदय नगरपालीकामा पर्ने श्रीअन्तुडांडा संगै अन्तु पोखरी लगायत सबै स्थानहरु चर्चित छन् र त्यहा पर्यटकहरुको अकर्षणको लागि एकै प्रकारका होमस्टेहरु बनाइएको छ हेर्दा आकर्षक लाग्ने जस्ताका चुच्चो छानो भएका कलरफुल होमस्टे चिसो मौसम ,रैथाने खानानै स्थानीय बिशेषता हो ।

सुर्योदय नगरपालिका कोशी प्रदेशको पर्यटकीय नगरी -दुर्गाकुमार बराल उपमेयर


सुर्योदय नगरपालिकाका उपमेयर दुर्गाकुमार बरालका अनुसार सुर्योदय नगरपालिकाकाको चिनारी
१४ वटा वडा रहेको सुर्योदय नगरपालीका ५२ सय स्क्वायर किलो मीटर मा फैलिएको छ ,५ वडाहरु भारतको सिमाना सग जोडिएको छ ५६ हजार जनसंख्या रहेको सुर्योदय नगरपालीकामा १४ हजार घरपरिवार संख्या रहेको छ । कोशी प्रदेशले नगरपालीकालाई पर्यटकिय नगारपालिका घोषणा गरिसकेको छ । दार्जिलिङ ,सिक्किम भुटान जाने आउने ,मुम्बई देखि पर्यटकहरु इलाम घुम्न आउने गर्छन ।

उपमेयर दुर्गाकुमार बराल भन्छन पर्यटकलाई कसरी सुबिधा दिने भन्ने सोच सधै हुन्छ परराष्ट्र मन्त्रालयले नि एउटा् ठुलो कार्यक्रम गरेर सहयोग गर्यो , चलचित्र पत्रकार ले नि यहि स्थान रोजे खुसी लाग्यो , लाग्छ यस्ता कार्यक्रमहरुले सुर्योदय नगरपालिकामा आउदा दिनमा पर्यटकहरु वृद्धि हुन्छ । चलचित्रकर्मिहरु पनि लोकेसन हन्ट गर्न धेरै आउछन र फिल्मकमे छांयाकन भैरहेको हुन्छ ।

उपमेयर बरालका अनुसार यहांका पर्यटन ब्यवसायीहरुले आएका पर्यटकहरुलाई रैथाने चिजको सेवा दिइरहेका छन् आफ्नै संस्कृति छ प्राकृतिक सुन्दरता त छदैछ यससंगै अब कृत्रिम आकर्षणहरु थप्न नेपालकै पहिलो सिसाको बृज बन्दैछ , येस्ले नि आकर्षण बढाउंछ पर्यटकहरुको लागि ,त्यस्तै बौद्द मार्गीहरुको लागि पठनपाठनमा लाग्ने सोच पनि छ धार्मीक पर्यटकीय हब पनि बनाउने सोच अनुसार यहां रहेको बौद्ध गुम्बा र चित्रे गुम्बा पनिलाई पनि ब्यवस्थीत गर्दैछौं , भएका प्राकृतिक स्थलहरुलाई ब्यवस्थीत गरि प्रोमोट गर्ने तयारीमा छौ ।होमस्टेसंगै सुबिधा सम्पन्न स्टार होटलहरु पनि बनेका छन् पर्यटकहरुले जस्तो सेवा लिन चाहे त्यस्तै सेवा सुबिधा दिन हामीले प्रयास गरीरहेका छौं ।

उर्गेन बोम्जन -वडा अध्यक्ष वडा नम्बर ५ 

सुर्योदय नगरपालिाका वडा नम्बर ५ का अध्यक्ष उर्गेन बोम्जन भन्छन इलाम क्षेत्र नम्बर १ मा पर्ने रमणीय सुर्योदय नगरपालिाकामा बिशेष गरी श्रीअन्तु डांडाबाट घामको दोश्रो घामको झुल्को हेर्न पर्यटकहरु आउने गर्छन पहिलो घामको झुल्को भने कंचनजंघाबाट देखिन्छ भन्छन र यहा.को लेप्चा कल्चर पनि अत्यन्तै चर्चित छ । यसपटक सिनेकर्मीहरु पत्रकारहरु आएर यसरी कार्यक्रम गर्दा यहांको प्रचारप्रसारको लागि ठुलो सहयोग भएको छ ।

शारदा थापा 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय