मिलन शाहीलाई दशैं भन्ने बित्तिकै जांड रक्सीको खुब याद आउंछरे । किनकी उनि ११ बर्ष सम्म कुलतमा फसेर निक्लिएका हुन । तर आज कुलतमा फस्ने हज्जारौं ब्यक्तिहरुलाई उनि सुधारीरहेका छन् । मिलन शाहीले बिगत ८ बर्ष देखि थानकोटमा फाउन्डेसन सुधार केन्द्र स्थापना गरेर कुलतमा फसेका युवा देखि बृद्ध बृद्धा सम्मलाई सुधार्ने काम गरीरहेका छन् ।
मिलन भन्छन् “म त नरकको जिन्दगी बिताइरहेको थिए अहिले आफु सुध्रीएर हुलतमा फस्न हुन्न है भनेर सबैलाई सचेत गराइरहेको छु ।” यस बर्ष ब्यक्तिगत मेरो दशै हुदैन ममी बिरामी र घरमा जुठो परेकाले तर सुधार केन्द्रमा भने फुलपातीको दिनदेखि चार दिनसम्म बिभिन्न तरीकाले यहां भएकाहरुको लागि दंशै सेलीब्रेसन हुन्छ । यहां टिका जमारा लगाउने गेम खेल्ने सबै गराईदिन्छु कतिलाई त चाड पर्व भनेको के हो थाहा पनि छैन उनिहरुलाई आफ्नो परम्पराको बारेमा जानकारी दिने गरीन्छ ।
त्यसैगरी यहा बसीरहेकाहरुको अभिभावकहरु आउनु भयो भने टिका लगाइदिनुहुन्छ र हामीले कुलतमा फसीसकेको हुनाले सुधार्नको लागि क्रियटिभ कामहरु उनिहरुको क्षमता अनुसार गर्न सहयोग गराउछौ र ब्यवहारी अनुशासीत बनाइर सक्षम मानव बनाउने प्रयास गरीरहेका छौं । अहिले पनि हाम्रोमा १८ बर्ष देखि ६० बर्ष उमेर समुहका कुलतमा फसेका लागु औषध दुब्र्यृसनीहरु छन् उनिहरुको लागि निरन्तर काम भैरहेको छ ।