“चंगा डे” फेस्टीभल राख्न पर्यटन ब्यवसायीहरुको सुझाव

२०८१ आश्विन २१, सोमबार १०:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

दंशैमा उडाइने चंगालाई ब्रान्डीङ र मार्केटीङ गरेर क्यालेन्डरमानै मिति तोकेर पर्यटकहरुको आकर्षणको लागि फेस्टीभलकै रुपमा चंगाको संरक्षण गर्न पर्यटन ब्यवसायीहरुले जोड दिएका छन् । शनिबार बृक्षा ब्रोडकास्टीङ मिडियाले दंशैको अवसरमा उडाइने चंगाको संरक्षणको लागि चोभारमा गरेको कार्यक्रममा बोल्दै ब्यवसायीहरुले पर्यटन प्रबद्र्धनको लागि हिन्दु नेपालीहरुको महान चाड दंशैमा उडाईने चंगा प्रबिधिको बिकाससंगै लोप हुन लागेकोमा चिन्ता ब्यक्त गरे । 

सागर पाण्डे,अध्यक्ष ट्रेकिङ एजेन्सीज एसोसीयसन अफ नेपाल (टान)

पछिल्लो समय चंगाको महत्व घट्दै गएको छ । पछिल्लो समयमा बच्चाहरु डिजिटल माध्यमहरु मोबाईल आइप्याड सिनेमा हल लगायत अन्य खेलहरुमा रमाउंदै गएकाले पहिलाको जस्तो चंगा उडाएको पनि देखिंदैन ,युथहरु पनि त्यतिधेरै उत्साहित देखिंदैनन् हुनत पहिला अप्सन हुदैनथ्यो गेमहरु त्यति हुदैन थिए कहिले दंशै आउला र चंगा उडाउने भन्ने सोच हुन्थ्यो, अहिले मनोरञ्जनका लागि थुप्रै माध्यमहरु छन् त्यसैले दंशैमा उडाइने चंगाको महत्व घट्दै गएको छ । युथहरुको लागि चंगा संरक्षण गर्न जरुर छ चंगा हाम्रो संस्कृति हो । शरद ऋतुमा पर्यटकहरु धेरै नेपाल घुम्न आउने भएकाले पर्यटकको लागि प्रमुख आकर्षण चंगा फेस्टीभल बन्न सक्छ तर यदाकता चंगा फेस्टीभल गरीन्छ तर मार्केटीङ ब्रान्डीङ छैन । एक दुई महिना अगाडि देखिनै प्रचारप्रसार गरेर र क्यालेन्डरमानै चंगा फेस्टीभलको मिति तोकेर चंगा फेस्टीभलको प्याकेज पर्यटकलाई बेच्न सकिन्छ । जस्तै इन्द्रजात्राको मिति पहिलेनै तय हुन्छ र मानिसहरु उत्साहित हुन्छन् त्यस्तै चंगा फेस्टीभलको लागि पनि योजना बनाएर अघि बढे पर्यटन प्रबद्र्धन गर्न सजिलो हुन्छ । शरद ऋतुमा दंशै पर्ने भएकाले दंशैको समयमा आउने पर्यटकहरुलाई चंगा फेस्टीभलको प्याकेज नै बनाएर बेच्न सकिन्छ ।

अन्जन कुमार थापा उपाध्यक्ष,नेपाल राष्टिय उद्योग ब्यवसायी तथा महासंघ

चंगालाई बान्डीङ गर्न जरुर छ हाम्रो संस्कृतिसंग जोडीएको चिजहरुलाई संरक्षण गर्न सकिएन भने लोप हुदै जान्छ । चंगा पछिल्लो समय हराउदै गएजस्तो लाग्छ , अन्तराष्ट्रिय रुपमानै चंगाको संरक्षण गर्न सरकारले ध्यान दिनुपर्छ । गाउस्तर देखि प्रदेश स्तरमानै बजेट छुटाएर फेस्टीभलकै रुपमा चंगा प्रतिस्पर्धा गर्न शुरु गर्दा राम्रो हुन्छ । अन्य गेमको प्रतिस्पर्धा जस्तै राष्टिय रुपमानै चंगाको नी पुरस्कार सहित प्रतिस्पर्धा गर्न जरुर छ । नेपाल भनेको सगरमाथाको देश ट्रेकिङ गने{ देश भनेर पहिला देखि चिनियो यसैलाई बढी फोकस गरीयो ,तर समय परिवत{न हुदै गयो पय{टनमा बिबिधता आउन थाल्यो मान्छेका रुचीहरु फरकबस्तुमा देखिन थाल्यो , पय{टकहरु खानाकै लागि आउने गछ{न नौलो चिज भयो भने , जस्तै बिभिन्न देशमा आफ्नै खालको कल्चर हुन्छ जस्तो भुटानले आचाय{लाई बेच्छ हरेक कुरालाई ब्रान्डीङ गर्न  थाल्यो भने राम्रो हुन्छ र हामीले चंगालाई पनि बजारीकरण गर्न सकिन्छ ।
रामशरण कार्की संचालक कम्फर्ट टुर एण्ड सर्भीस प्रा.लि.


दंशैको बेला पर्यटकहरुको सिजन पर्ने हुनाले काठमांडौमा घरको छततिर चंगा उडाको देखिन्छ र चंगा उडाउन अर्थात चंगा डे भनेर मनाउन सकियो भने धेरै राम्रो हुन्छ । अहिले नेपालमा डिजिटलमा रमाउने पीढीहरुलाई चंगाको महत्व नै थाहा छैन यसलाई सरकारले पनि दंशैको बेला क्यालेन्डरमानै मिति तय गरेर प्रतियोगितात्मक रुपमा कार्यक्रमहरु गरीयो भने धेरै राम्रो हुन्छ । होलीको लागि भनेर पछिल्लो समय पर्यटकहरु सर्वाधिक मिति याद गरेर आउछन् त्यस्तै चंगाको पनि आकर्षण बढाउन सकिन्छ ।

माया शेर्पा अध्यक्ष, सगरमाथा आरोहीसंघ


दंशैको बेला पर्यकीय सिजन हो ,हामी पर्यटकहरु लिएर ट्रेकिङ जांदा बिभिन्न स्थानमा पिङ, थापेर चंगा उडाइरहेको देखिन्छ ,पर्यटकहरुले सोध्ने गर्छन यो के हो भनेर हामीले हाम्रो संस्कृति हो फेस्टीभलमा यस्तो हुनछ भनेर ब्रिफिङ गर्दा उनिहरु अति रमाउछन् खुशी हुन्छन् । तर पछिल्लो समय चंगालाई फेस्टीभलकै रुपमा प्रचार गर्दा धेरै राम्रो हुन्छ । यसको लागि स्कुल देखिनै बच्चाहरुलाई सिकाउने यो पनि एक प्रकारको एडभेन्चर हो यसले पर्यटन प्रद्र्धन गर्न सहयोग पुर्याउछ ।

रबिन गौतम बरिष्ठ उपाध्यक्ष नर्सरी ब्यवसायीसंघ

पर्यटन क्षेत्र हरेक क्षेत्रसंग जोडीएको हुन्छ त्यसैले चंगा प्रबद्र्धन जरुरी छ ,हामी बच्चा हुदा खेतको गर्ह बारीको डिलमा हावा कता लागिराको छ त्यतै पुगेर कागजको चंगा बनार उत्सवकै रुपमा उडाउने गथ्र्यौ तर अहिलेको पुस्ता परिवर्तन भैसकेको छ । अहिलेको पुस्तालाई आफ्नो संस्कृति परम्परा के हो थाहा नै छैन । अहिलेको पुस्तालाई जानकारी गराएर सरकारीस्तरबाटै चंगा डे अर्थात चंगा सेलीब्रेसन भनेर मनाउन जरुरी देखिएको छ जस्ले बिदेशी पर्यटकहरुलाई पनि मनोरञ्जन प्रदान गर्दछ ।

भिडियोको लागि यो लिंक क्लिक

पर्यटन ब्यवसायीहरु चोभारमा चंगा चेटमा रमाउदै लोप हुंदै गएको चंगा संरक्षण गर्न जोड (youtube.com)

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय