फुलले बजार पाउदैन भनेर चिन्ता गर्न पर्दैन -केपी ओली

२०८० कार्तिक १४, मंगलवार १४:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा फुल बिरुवाहरुले बजार पाउदैन भनेर फुल तथा नर्सरी व्यवसायीहरुले चिन्ता गर्न नपर्ने बताउनुभएको छ ।
नर्सरी व्यवसायीसंघ नेपालले मंगलबारबाट भृकुटीमण्डपमा आयोजना गरेको ५ दिनेमा तिहार फ्लोरा एक्सपो २०८० को उद्घाटन गर्दै फुलको उत्पादन धेरै भए बजारको अभाव नहुने बताउनुभएको हो ।

उहांले नेपालमा बजार नभए अन्तराष्टिय बजार खोज्न सकिने बताउनु भयो । आजभोलि फलफुल तथा पुष्प व्यवसाय छोटोसमयमा आत्मनिर्भर ब्यवसाय बनेको भएपनि सरकारले भने कुनै अनुदान नदिएको र निजी क्षेत्रबाटै नर्सरी तथा पुष्प व्यवसायको संरक्षण गरेकोमा प्रशंसा गर्नुभयो । एमाले अध्यक्ष ओलीले बिदेशतिर प्रबिधिमैत्री वातावरणमा जुनसुकै बेला जुनसुकै फुलबिरुवा उत्पादन गरेको तर नेपालमा अझै प्रबिधिमैत्री हुन नसकेकाले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

ओलीले भृकुटीमण्डपमा राखिएका फुलबिरुवाको स्टल भ्रमण गर्दे धित नमरेका्ले फेरि भ्रमण गर्ने बताउनुभयो । नर्सरी व्यवसायीसंघका अध्यक्ष रामजी प्रसाद तिमिल्सेनाले नेपालको समग्र नर्सरी क्षेत्रमा झन्डै १० अर्बभिन्दा बढी लगानी रहेकोले संघले नेपाल सरकार ,केन्द्रिय तथ्यांक बिभागसंग सहकार्य गरी देशैभरीका पुष्प तथा फलफुल नर्सरी ,कृर्षि बन नर्सरी र जडीबुटी नर्सरीहरुको तथ्यांक संकलन गरेर ब्यवसायीहरुले भोग्नु परेको नीतिगत कानुनी प्रकृयागत र ब्यवहारीक समस्याको पहिचान गर्दै दिर्घकालीन समस्याको समाधान गर्न नर्सरी व्यवसायीसंघ अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रममा बिनभिन्न प्रजातिका फुल फुल्ने तथा नफुल्ने आलंकारीक फुलबिरुवाहरु लगायत कृषि तथा बन जडिबुटी नर्सरी ,फलफुल नर्सरीबाट उत्पादीत बिबिध प्रजातीका बोटबिरुवाहरु प्रदर्शनी तथा बिक्रीका लागि राखीएको मेला संयोजक रबिनकुमार गौतमले जानकारी दिनुभयो । मेलामा मलखाद तथा बिउ बिजन औजार उपकरण तथा प्रबिधिको समेत स्टल राखेर व्यवसाय गर्न चाहने उद्यमीहरुकोे लागि सहज बनाएको मेला संयोजक गौतमले जानकारी दिनु भयो ।

कार्यक्रममा जयबहादुर खड्कालाई दीर्घकालीन नर्सर व्यवसायी सम्मान र इन्द्र महर्जनलाई बृहत्त उत्पादक नर्सरी व्यवसायी सम्मान २०८० प्रदान गरीयो भने नर्सरी अफ् द एक्स्पो प्रतियोगितामा प्रथम हुने मिलन नर्सरी द्धितिय अल टपीकल प्लान्ट हाउस हुने अल र तृतिय हुने गुह्ेश्वरी नर्सरीलाई नगद सहित टफी प्रदान गरीयो ।
भृकुटीमण्डपको प्रदर्शनीस्थलमा मंगलबारबाट ५ दिनसम्म चल्ने तिहार फ्लोरा एक्सपो २०८० मा ५० लाख को फुल बिरवको कारेवार हुने अपेक्षा रहेको नर्सरी व्यवसायीसंघले जनाएको छ । नर्सरी व्यवसायीसंघले स्थापना पश्चात पहिलोपटक तिहार फ्लोरा एक्सपो २०८० को आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय