
नर्सरी व्यवसायीसंघले भृकुटीमण्डपमा तिहार फ्लोरा एक्सपो २०८० गर्दैछ । फुलको उत्सव तिहारको महोत्सव
नर्सरी ब्यवसायीसंघले पहिलोपटक काठमांडौको भृकुटीमण्डप प्रदर्शनीस्थलमा यही कार्तिक १४ गतेदेखि १८ गतेसम्म ५ दिने तिहार फ्लोरा एक्स्पो गर्न लागेको हो । जस्को लागि सम्पुर्ण तयारी भैसकेको संघका अध्यक्ष रामजी तिमिल्सेनाले बताए ।
भर्खर् खुलेको नर्सरी ब्यवसायीसंघ भएपनि फुल तथा बिरुवाका पारखीहरुको उल्लेख्य सहभागिता हुने तिमिल्सेनाले बताए । उनका अनुसार ५ दिनमा ५० लाख बढीको बारोवार हुने छ । नर्सरी ब्यवसायीहरुको लागि कतैबाट पनि संरक्षण नभएकोले नर्सरी ब्यवसायीहरुको हकहितको लागि यो संस्थाले काम गर्ने अध्यक्ष तिमिल्सेनाको भनाई छ ।
५ दिने मेलाले नर्सरी तथा फुबिरुवा ब्यवसायीहरुको लागि ठुलो राहत पुग्ने नर्सरी व्यवसायीसंघका अध्यक्ष रामजी तिमिल्सेनाको भनाई छ । मेलामा
प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल विरुवाहरूलगायत कृषि तथा वन, जडिबट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिने छ ।
मेलामा ६० वटा व्यवसायिक स्टल रहने छ भने मलखाद, अगानिक एवं रसायनिक बिषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने छ ।नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि मेलाले अवसर उपलब्ध गराउने संघले जनाएको छ ।
मेलाको आकर्षणको रूपमा प्रदर्शित फूल विरुवाको प्रस्तुतिको सम्बन्धित क्षेत्रको विज्ञ प्राविधिकद्वारा मूल्याङ्कन गराई शिल तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरिने छ ।साथै लामो समयदेखि नर्सरी व्यवसायमा क्रियाशिल व्यवसायीहरूमध्येबाट १ जनालाई सम्मानपत्रद्वारा सम्मान गरिनेछ ।