
गैरआवसीय नेपालीसंघका बर्तमान प्रबक्ता सोम सापकोटाले गैरआवासीय नेपाली नागरिकताको पहलको लागि निरन्तरता पहिलो प्राथमिकता राख्दै उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नारालाई सार्थक बनाउने उद्देश्यअनुरूप नेपालको नीतिगत व्यवस्थाका लागि राजनीतिक दल, सरकार र सरोकारवाला निकायसँग पहल गर्ने प्रतिबद्धता सहित आफुले उम्मेद्वारी दिने सापकोटाले बताए। गैरआवसीय नेपाली संघ एनआरएनएको आगामी अक्टोबर १७ देखि २० सम्म नेपालमा हुन गैरहेको ११ औं महाधीबेशनमा उपमहासचिवमा उम्मेद्वारी दिने आफ्नो निश्चित निर्णय भैसकेको सापकोटाको भनाई छ ।
विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण र नेपालको सीप डिजिटल माध्यममार्फत विदेशमा लैजानसमेत व्यवस्थित गरेर व्यवसायिकरुपमा विदेशी मुद्रा आर्जनको माध्यम बनाउन पहल गराउने प्रतिबद्धता रहेको सापकोटाले बताए ।
गैरआवासीय नेपालीले नेपालमा आर्थिक अधिकार प्रयोग गर्दा आइपरेका समस्या समाधान गर्न र विदेशबाट नेपालमा लगानी जुटाउने सवालमा रहेका कानुनी जटिलता हटाउनका लागि पहल गर्ने एजेन्डा समेत उनको छ ।
नेपाल पर्यटन बोर्डको मानार्थ जनप्रतिनिधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन सद्भावना दूतको रूपमा काम गरिसकेका सापकोटाले
सगरमाथा, लुम्बिनी, पशुपतिनाथ लगायतका सबै पर्यटकीय क्षेत्रको विकासका लागि वातावरण निर्माण गर्न सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता रहेको बताए ।