विन्दवासिनी कंसाकार को सपथ के होला ?

२०८० बैशाख २५, सोमबार ११:५४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सर्वोच्च अदालतले आज ढाकाकुमार श्रेष्ठलाई कारवाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश दिएको छ तर, पार्टीबाट ढाकाको ठाउँमा विन्दवासिनी कंसाकार सामानुपातिक सांसद नियुक्त भइसकेकी छन् ।

सर्वोच्चले आफ्नो आदेशमा रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई कारण देखाउन र अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो आदेशले ढाकाको सांसद पद तत्काललाई थमौती हुन्छ वा हुँदैन भन्ने अन्योल देखिएको छ ।

ढाकाले आफूमाथि गरिएको कारवाही बदर गर्न माग गर्दै हिजो रिट दायर गरेका थिए । उनले रास्वपा र संसद सचिवालयलाई विपक्षी बनाएका छन् ।

उक्त रिटमा आज सुनवाई गर्दै न्यायधीस तिलप्रसाद श्रेष्ठको इजलासले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिको नाममा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश दिएको हो । अल्पकालीन आदेश थोरै समयका लागि हुन्छ ।

सर्वोच्चको आदेशले ढाकाकुमारमाथिको कारवाही कार्यान्वयनमा रोकेको छ । रास्वपाले भने ढाकालाई कारवाही गरेकै दिन पार्टीबाट समानुपातिक सांसदमा विन्दवासिनी कंसाकारलाई सिफारिस गरेको थियो । उक्त सिफारिसलाई सदर गर्ने निर्णय निर्वाचन आयोगले गत २१ गते लिएको छ । हिजो मात्रै कंसाकारले आयोगमा पुगेर प्रमाणपत्रसमेत लिइसकेकी छन् ।

कंसाकारको सपथ ग्रहण भने हुन सकेको छैन । आयोगका एक पदाधिकारीले सर्वोच्चको आदेशपछि सपथग्रहण रोकिने बताए । तर, यही आदेशका आधारमा ढाका संसद वैठकमा जान नमिल्ने उनको भनाइ छ ।

रास्वपाका नेताहरु भने सर्वोच्चको आदेशले केही अन्योलमा परेका छन् । पार्टीका प्रवक्ता डा। मुकुल ढकालले आदेशको पूर्णपाठ पर्खिरहेको बताए ।

सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठको सांसद पद विवादको अन्तरिम आदेशबारे छलफल गर्न जेठ ५ गते सबै पक्षलाई बोलाएको छ ।

न्यायाधिश तिलकुमार श्रेष्ठले सोमबार श्रेष्ठको रिटमा अल्पकालिन अन्तरिम आदेश दिएका थिए । जेठ ५ को छलफलले अन्तरिम आदेश कायम हुने वा अल्पकालिन आदेश खारेज हुनेमध्ये एक निर्क्योल गर्ने छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय