मिटरब्याज आन्दोलनका अगुवा पीडित बाटै कुटिए

२०८० बैशाख २५, सोमबार १०:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संस्थापक अध्यक्ष रामसुरत गुप्ता पीडितहरुबाटै कुटिएका छन् । हिजो उनलाई जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन जाने क्रममा पीडितहरुले हातपात गरेका हुन् ।

गत बैशाख १४ गते मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन पीडितहरुलाई आह्वान गरेको थियो । बैशाख १७ गतेदेखि ३१ गतेसम्म जिप्रकामा सहायता कक्षा स्थापना गरिएपछि पीडितहरुले धमाधम निवेदन दिन थाले । यसले काठमाडौंमा आन्दोलनरत पीडितहरुमा विभाजन आयो ।

चैत २० गतेदेखि काठमाडौंमै धर्नामा बसिरहेका पीडितहरुमध्ये केही निवेदन दिन जिल्ला फर्किए भने अरु यतै रहे । संघर्ष समितिका संस्थापक अध्यक्ष रामसुरत गुप्तालगायत पीडितहरु जिल्ला फर्किएका थिए । उनैको नेतृत्वमा २०७७ साल भदौबाट नवलपरासीका सुस्ता र प्रतापपुरबाट आन्दोलन उठेको थियो ।

गुप्तामाथि जिल्ला प्रशासन कार्यालय परासीमा निवेदन दिन जाँदा हिजो हमला भएको हो । पीडितहरु नै उनीमाथि जाइलागेका थिए । सीडीओ कार्यालयअघि नै हातपातको शिकार भएका गुप्ता आफूलाई नियोजित आक्रमण गरिएको बताउँछन् । गुप्ताको दाबीअनुसार उक्त हमला मिटरब्याज पीडितहरुको नेतृत्व गरिरहेका निर्ग नवीन र मनोज खतिवडाको निर्देशनमा भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय