चलचित्र विकास बोर्डले रियल टाइम बक्सअफिस लागु गरेको छ । सोमबार सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्डको २५ औँ वार्षिक उत्सवका अवसरमा बक्सअफिस एट सिनेपाको उद्घाटन गरेका हुन । बोर्डका अनुसार नेपालभरका १६६ सिनेमा हलको शो शंख्या छ । शोको विवरण बक्सअफिसमा हेर्न सकिने बोर्डले बताएको छ ।
रियल टाइम बक्सअफिस लागु भए पनि यो सीमित व्यक्तिले मात्रै हेर्न पाउने छन् । तोकिएका सम्बन्धित सिनेमाका निर्माता, एकजना वितरकले हेर्न पाउनेछन् ।चलचित्र विकास बोर्डमा तोकिएका फोकल पसर्नले पनि हेर्न पाउनेछन् । अर्थ, सञ्चार र राजस्व कार्यालयका तोकिएका व्यक्तिले बाहेक अन्यले हेर्न पाउने छैनन् ।


