कार्साङ् तेश्रो हप्तामा झन्डै ३ करोड कलेक्शन

२०८१ माघ ११, शुक्रबार ०९:०० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिल्म ‘कार्साङ्’ प्रदर्शनको तेश्रो हप्तामा प्रबेश गरेको छ । फिल्म कार्साङले २ हप्तामा २ करोड ९० लाख माथिको ग्रस कलेक्शन गरेको निर्देशक याम शेर्पाले बताए । ।रिलिजको २ हप्तामा बक्स अफिसमा २ करोड ९०लाखको ग्रस कलेक्शन गरेको चलचित्रका निर्देशक याम शेर्पाले बताए । १ करोड २५ लाखको लगानी रहेको फिल्म यतिबेला देशबिदेशका बिभिन्न ठाउहरुमा प्रदर्शन भैरहेको छ ।

निर्देशक यामका अनुसार देशबिदेश सबैतिरको कलेक्सन राम्रो छ । त्यसो त केहि शेर्पा समुदायले बिरोध गरेकोमा निर्देशक शेर्पा भन्छन् “हामीले डिस्क्लयामर लेख्न बिर्सेछौं त्यही भएर हो खासै समस्या हैन किनभने मैले फिल्म बनाएको हो फिल्ममा एउटा लक्षित स्टोरी हुन्छ डकुमेन्ट्री भएपो समुदायको पुरै कल्चर देखाउने भन्ने हुन्छ अहिले राम्रो भैराछ ।”

यम शेर्पाको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, श्रृष्टी गौतम लगायतका कलाकारहरूको अभिनय छ ।सुरुवातमा केही कम दर्शक भएपनि विस्तारै माउथ पब्लीसीटीका कारण दर्शक बढ्दै गएको निर्माण पक्षको भनाई छ ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा बनेको यो फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ । गोविन्द बोहरा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता आङ छिरिङ शेर्पा हुन् भने वितरण कम्पनी आरआर फिल्म हो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय