
शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘केटी हराएको सूचना’को प्रिमियर ललितपुरको लाबिम मलमा गरीएको छ । प्रिमियरमा नेपाली फिल्म क्षेत्रका ब्यक्तिवहरुको बाक्लो सहभागिता थियो ।
नाजिर हुसेन र श्रृष्टी श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘केटी हराएको सूचना’को प्रिमियरमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, मेनुका प्रधान, निश्चल बस्नेत, निर्माता छविराज ओझा लगायत हल पुगेका थिए । प्रिमियर हेरेका कलाकारहरुले नाजीर र सृष्टिको अभिनयको प्रशंसा गरे ।
ट्राई सिटी पिक्चर्सको प्रस्तुतिमा तयार भएको यो फिल्ममा दीपेन्द्र गौचनको लेखन तथा निर्देशन छ । नकिम उद्दिन कार्यकारी निर्माता रहेको यो फिल्मले काठमाडौंको केटी र मधेसका युवाको कथा रहेको छ ।