
सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ बजारमा आएको छ । अधिकारीको मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको हो । नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्द लगायत कला साहित्य बिधाका ब्यmित्वहरुको माझ अधिकारी लिखित ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरीएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ अधिकारीले बजारमा ल्याइसकेकी छन् ।
कार्यक्रममा विशिष्ट कलाकार लय संग्रौला, कलाकार उत्तम केसी ,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास०का पूर्वअध्यक्ष एवं नेपाली साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट संगीतकार राजु सिंह गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, गीतकार एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, वरिष्ठ गीतकार अमर वान्तु, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याललगायतले गीताको पत्रकारिता र सामाजिक व्यक्तित्वको चर्चा गर्दै नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिए ।
कार्यक्रममा कृतिकार अधिकारीले आफूले विभिन्न समयमा मिलाप मासिकका साथै विभिन्न पत्र पत्रिकामा प्रकाशित आलेखलाई ‘मेरा कलमका डोबहरू’मा समावेश गरेको जानकारी गराइन । मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै लेखिका अधिकारीले आफ्ना आलेखलाई दस्तावेजीकरण गरेको जानकारी दिए ।