
‘माया, तिमी यसलाई एक घटना सम्झ ।
विन्ती यसलाई दुर्घटना नसम्झ ।
संझ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो ।’
दयाहाङ राईले सुनाएका यि कविताका हरफ हुन ,फागुनको २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘दुखी आत्मा’मा समावेश । कवि श्रवण मुकारुङले लेखेका १० वटा कविताहरु फिल्ममा समावेश छन् । जसमध्ये, यसको निर्माणपक्षले पहिलो कविता सार्वजनिक गरेको छ । जसलाई ‘ब्रेकअप कविता’को रुपमा सार्वजनिक गरिएको छ ।सार्वजनिक कवितामा दयाहाङ राइको आवाज रहेको । सार्वजनिक भिडियोमा दया नायिका आँचल शर्माको अगाडि बसेर कविता सुनाइरहेका छन् । आँचल उनले सुनाएको कविता ध्यान दिएर सुनिरहेकी छिन् ।
क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो सिनेमालाई हिमाल कडरियाले निर्माण गरेका हुन् । सिनेमामा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ । सुदिप बराल कार्यकारी निर्माता रहेको सिनेमामा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
फिल्ममा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारहरुको अभिनय छ ।सिनेमामा रामजी लामिछानेको कोरियोग्राफी छ । यो सिनेमालाई निर्माणपक्षले एडल्ट ड्रामा भनेको छ । सिनेमाको टिजर सार्वजनिक भएपछि यसको चर्चा ह्वात्तै बढेको छ ।