
सन्तोष सेन निर्देशन गरीरहेको फिल्म ‘बलिदान’को छायांकन अन्तिम चरणमा पुगेको छ । मोरङको हसिना सिमसार क्षेत्रमा ‘बलिदान’को छायांकन भइरहेको छ । ४२ फिट अग्लो काली देवीको प्रतिमा भारत सम्म पहुँच पुराएका नेपाली कालीगड़ले सिनेमाका लागि मूर्ती बनाए । सिनेमाको दृश्यलाई भव्य र कन्भिन्सिङ देखाउनकै लागि उनले ४२ फिट अग्लो काली देवीको मूर्ति ल्याएर खिचिएको थियो । मोरङको सिमसार क्षेत्रस्थित बूढासुब्बा खेल मैदानमा माघ १ मा बलिदान सांस्कृतिक महामहोत्सव आयोजना गरिएको थियो ।
महोत्सवको आयोजना गरेर सिनेमाको सिन खिचिएको हो । उक्त महोत्सवमा हजारौँको उपस्थिति रहेको थियो । फिल्मका लागि सन्तोषले तीन वटा सेट बनाएर सिनेमा खिचे । तीन वटा सेटमा मात्रै उनले तीन करोड रुपैयाँ खर्च गरे ।कालीदेवीको मूर्तिको उद्घाटन गरिएको थियो । उक्त महोत्सवमा सहभागी हुन ‘बलिदान’का अभिनेता समीर भट्टले पनि आम पब्लिकमा अपिल गरेका थिए । निर्माणपक्षले उक्त मेलामा सिनेमा छायांकन गरेको हो ।समीर भट्ट ‘बलिदान’को हिरो हुन् । उनी यो सिनेमाको मुख्य भूमिकामा छन् । समीरको डेब्यु मुभी ‘१२ गाउँ’ सुपरहिट भएको थियो । ‘बलिदान’ले नेपाली सिनेमा उद्योगमा ऐतिहासिक हुने सन्तोषले बताएका छन् । केही समयअगाडि ‘बलिदान’को सेटमा समीरका बुवा विराज भट्ट पनि पुगेका थिए ।
करिब ९ करोड बजेट रहने सिनेमा ‘बलिदान’मा समीर भट्टसँगै सौगात मल्ल मुख्य भूमिकामा छन् । समीर र सौगातसँगै अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मालगायतको अभिनय रहने निर्माणपक्षले जनाएको छ । आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड विस्ट तथा सह(निर्माता प्रेम पुरी छन् ।