नायक पल न्युड सिनमा

२०८१ माघ ३, बिहीबार ०९:२२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एआईको सहयोगमा तयार पारिएको फिल्म महाराजधिराज’को पोस्टरमा नायक पल शाह लाई न्यूड ९वस्त्रविहीन० अवस्थामा सिंहासनमा बसेका छन् भने अर्कोमा उनको पात्र शीरमा श्रीपेच र हातमा राजदण्डसहित राजर्षी पहिरनमा देखिएको छ । परिच्छेद सेनको निर्देशनमा निर्माण हुने ‘महाराजधिराज’को पोस्टर रिलिज गर्दै मुख्य अभिनेता पललाई चिनाइएको छ । अर्को वर्षको फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमामा अभिनेता पल शाहले मुख्य भूमिका निर्वाह गर्ने जानकारी दिइएको हो । सार्वजनिक पोस्टरमा स्लोगन लेखिएको छ, ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा ।’

सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो । सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय