कार्साङ्’को कामइ १ करोड ४५ लाख

२०८१ माघ ३, बिहीबार ०९:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिल्म ‘कार्साङ्’ले बक्स अफिसमा १ करोड माथिको ग्रस कलेक्शन गरेको निर्माणपक्षले दाबी गरेको छ । फिल्म रिलिजको ६ दिनमा यसले बक्स अफिसमा १ करोड ४५ लाखको ग्रस कलेक्शन गरेको दाबी निर्माणपक्षको हो ।

सुरुवातका दिनमा केही कम दर्शक भएपनि विस्तारै दर्शक बढ्दै गएको वितरण कम्पनी आरआर फिल्मस्ले उल्लेख गरेको छ । माघ १ गतेबाट दर्शकको चाप हलमा बढेको पनि वितरकको भनाई छ । बुधबार पनि फिल्मले राम्रो कलेक्शन गरेको दाबी वितरण संस्थाको छ ।

यम शेर्पाको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, श्रृष्टी गौतम लगायतका कलाकारहरूको अभिनय छ ।यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा बनेको यो फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ । गोविन्द बोहरा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता आङ छिरिङ शेर्पा हुन् ।

फिल्मले बक्स अफिसमा लगानी सुरक्षित गर्न अझै केही साता उत्कृष्ट व्यापार गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय