गायिका मेलिना भोलि विवाहबन्धनमा बांधीदै

२०८१ माघ ३, बिहीबार ०९:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चर्चित गायिका मेलिना राईले इलामका गुरुङ थरका युवकसँग इन्गेजमेन्ट गरेकी छन् । उनका प्रेमिल तस्वीहरु यतिबेला सार्वजनिक भएका छन् । काठमाडौंस्थित आफ्नै घरमा परिवारजन र नजिकका आफन्तहरुको सिमित उपस्थितिमा मेलिना जोडीको इन्गेजमेन्ट भएको हो ।
सुटक्कै इन्गेजमेन्ट गरेकी मेलिनाको भोलि शुक्रबार नै विवाह समारोह हुँदैछ ।

विवाहमा समेत घरपरिवार र नजिकका छिमेकी तथा आफन्तजनलाई मात्र निम्तो दिइएको बताइएको छ ।
विवाहमा धेरैलाई नबोलाइएको आफन्त र परिवारको साधारण जमघटमा विवाह गर्न लागिएको बताइएको छ ।गायिका मेलिनाले प्रेमपछि मागी विवाह गर्न लागेकी हुन् ।मेलिनाको यसअघि इन्गेजमेन्ट तोडिएको थियो । तर, यसपटक भने छोटो समयको प्रेमलाई नै उनीहरुले बिहेमा परिणत गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय