नेपाली चलचित्रमा एक्सन बिधा हराउनु दुर्भाग्य- नायक बिराज भट्ट

२०८१ आश्विन १९, शनिबार १९:५० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायक बिराज भट्टले नेपाली चलचित्र क्षेत्रमा दर्शकहरु साउथ फिल्म हेरेर रमाएको तर नेपालमा एक्सन बिधा हराएको बताएका छन् । नायक बिरजाले निर्देशन गरेको १२ गाउँ’फिल्म रिलिजको नजिक आइपुग्दा संञ्चारकर्मीस समक्ष साक्षत्कार गर्दै बिराजले भने नेपाली चलचित्रमा एक्सन बिधा हराउनु दुर्भाग्य हो । हामीमा के कम्जोरी छ भनेर सोचेर ,एक्सन फिल्मलाई कसरी राम्रा बनाउने , नेपाली चलचित्रलाई कसरी माथी उठाउने भन्ने सोचले १२ गाउँ’ फिल्म बनाएको नायक निर्देशक बिरजको भनाई छ । कमेडी ,अर्गानीक लगायत अन्य बिधाका फिल्मको कहिले कसैसंग तुलना गर्दैन तर एक्सन फिल्म बनाउदा भने फलानो पठान ,सलार जस्तो छ भन्दै तुलना गर्छन तर हामी पैसामा सक्दैनौ बिराजले भने । दर्शकले देखाएको माया प्रति बिराजले कृतज्ञता ब्यक्त गरे । १२ गाउँ’ फिल्ममा पैसा बढी भएर साउथको टेक्नीसीयन राखेको हैन साउथकै फिल्म हेरेर दर्शक रमाइरहेकाले हामीमा के छ त कम्जोरी साउथकै टेक्नीसीयन राखेर बनाउन त भनेर फिल्ममा साउथका टेक्नीसीयन राखेको नायक बिराजले प्रष्ट पारे । आफ्नै छोरा समीरलाई डेब्यु गराएका बिराजले आफ्नो छोरालाई दश बर्षदेखि तालीम दिएको समेत बताए । यतिबेला १२ गाउँ’ फिल्मको सबैतिर चर्चा छ । नवनायक समीरले पनि आफु बन्नुमा बुबाको मार्गनिर्देशन रहेको बताउदै ८० प्रतिशत बुबाको हात रहेको बताए । १२ गाउँ फूलपातीको दिनबाट प्रदर्शनमा आउदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय