नायक पल शाहले पशुपतिमा चलिरहेको कोटीहोम महायज्ञमा पुगेर कथा बाचीका देवी प्रतिभाको प्रशंसा गरेर थाकेनन । नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै उनले देवी प्रतिभाको प्रशंसा गरे। उनले भने–‘प्रत्येक आमाबुबाहरूलाई मैले धन्यवाद दिन पाएको थिइनँ । म सबैलाई दुई हात जोडेर धन्यवाद दिन चाहन्छु ।’
आफूलाई सुख र दुःखमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । आफूलाई कोटीहोममा आउन मन लागेको भन्दै निकै खुशी लागेको बताए । पलले भने–‘मलाई सबै बुबाआमाहरुको आर्शीवाद लागोस् । म पनि हजुरहरूको छोरा, बाबु भएर बाँच्न चाहन्छु ।’पल आफ्नी आमासंगै पशुपति कोटीहोममा पुगेका थिए भने भक्तजनहरुसंग छमछमी नाचेका थिए । पलले मानव सेवा फाउन्डेशन ले गरेको महायज्ञमा एक लाख सहयोग समेत गरे । आश्रममा रहेका बालबालिकामध्ये एक जनाको जिम्मा आफूले लिने भन्दै पलले १ लाख सहयोग गरेका हुन् ।