विमल सुवेदीको निर्देशनमा मञ्चन हुन लागेको ‘हिटलोर आउँदैछ’ बाट नायिका वर्षा राउतले नाटकमा आफ्नो यात्रा अगाडि बढाउदैछिन् ।नाटकको वर्कशपका लागि वर्षा अहिले अमेरिकामा छिन् । एक महिना फिल्म ‘तेल भिसा’को छायांकन सकेर नेपाल फर्किएकी वर्षा केही दिनमै अमेरिका पुगेकी हुन् ।
नाटकमा वर्षासँगै कलाकार जोयस पाण्डेले पनि अभिनय गर्दैछन् । नाटकको लेखन विमल र जोयसले मिलेर लेखेका हुन् ।अमेरिकाको ओहायो राज्यमा रहेको एक्रोन सिभिक थिएटरमा यो नाटक मञ्चन हुनेछ । वर्षाका अनुसार, नाटकको प्रिमियर भदौको २३ गते हुनेछ ।वर्षाले सामाजिक संलाजलमा तस्विर शेयर गर्र्दै आफू नाटकमा डेब्यू गर्न पाउँदा उत्साहित रहेको र पहिलेदेखि नै नाटकमा काम गर्ने इच्छा रहेको लेखेकी छिन् ।