
आगामी भदौ २९ गतेबाट रिलिज हुने फिल्म ‘एक भगवत गीता’को टेलर लन्च गरीएको छ । फिल्ममा विपिन कार्की उ पारालैंगिक चरित्रमा अभिनय गरेका छन् ।
फरक काम गर्ने मौका पाएँ । यो जीवनमा प्रवेश गर्नु आफैंमा चुनौतीपूर्ण थियो’, फिल्म ‘एक भगवत गीता’को ट्रेलर रिलिज कार्यक्रममा शुक्रबार विपिनले भने, ‘ट्रेलर हेर्दा म आफैं भावुक बनें । किनकी यो चरित्र साँच्चै नै कठिन रहेछ ।’
लुक्सबारे परिवार र आफन्तको बुझाई के थियो भन्ने प्रश्नमा उनले भने ‘उहाँहरुले यसलाई सामान्य रुपमा लिनुभयो । उहाँहरुलाई थाहा छ कलाकार बहुरुपी हुन्छन् । मेरो अहिलेसम्मका सबै चरित्रमा परिवारको धारणा त्यही हो’, विपिनले भने ।
अल्पसंख्यक लैंगिक समुदाय ९एलजीबीटआई० र मधेशको कथावस्तुमा बनेको फिल्मको ट्रेलरमा विपिनले कमलामाई हुनका लागि गर्नु परेको संघर्ष देखाइएको छ ।
निर्माता सुनीलकुमार थापाले आफ्नो करियरको सबैभन्दा चुनौतिपूर्ण र गाह्रो फिल्मका रुपमा ‘एक भगवत गीता’ रहेको बताए । अभिनेत्री सुहानाले आफ्नो सोचलाई फिल्ममार्फत पुरा गरिदिएकोमा पिता सुनिललाई धन्यवाद दिइन् । निर्देशक झरना थापाले यसपटक फरक कथामा फिल्म बनाएकाले अघिल्ला फिल्मको जस्तै दर्शकले मनपराउने दाबी गरिन् ।
जनकपुर र कास्कीमा छायांकन गरिएको फिल्म सुनिलकुमार थापा प्रोडक्सनले निर्माण गरेको हो । फिल्ममा अभिनेत्री सुहाना निर्मात्रीका रुपमा समेत छिन् ।