
नायिका सुक्ष्मा कार्कीले इन्ष्टा एकाउन्टमा नायिका नम्रतालाई लक्षित गर्दै स्टोरी पोष्ट गरेकी छन् । छोराको बियोगमै रहेका अभिनेता तथा जादुगर सानु ताम्रकारको मृत्यु भएसंगै नायिका सुष्मा कार्कीको स्टोरी आएको हो ।
गएको असार २१ गते आफ्नै निवासमा कलाकार सारुक ताम्रकार मृत भेटिएपछि यस्को छानबिन हुनुपर्छ भन्दै कलाकारहरुले आवाज उठाइरहेका थिए ।
ह्यासट्याग मायामा फिल्ममा संगै काम गरेका नायिका नम्रता श्रेष्ठ र सारुक ताम्राकार प्रेममा रहेको् चर्चा थियो भने सुटीड सेटमा पनि खट्पट भएको टिमले बताएको थियो ।
सारुक आत्महत्या प्रकरणमा नम्रता श्रेष्ठको नाम मुछीएपनि उनि मौन थिइन तर उनका बुबा सानु ताम्राकारको पनि मृत्यु भएपछि नायिका नम्रताले सामाजिक संञ्जाल फेसबुक वालमा श्रद्धाञ्जली पोष्ट गरेकी थिइन ।
नायिका सुष्मा कार्कीको इन्ष्टा स्टोरी यस्तो छ ।