निर्देशक कृषाको नजरमा बर्षा बच्चपन स्वस्तीमा फारसाइडेड

२०८० भाद्र १०, आईतवार ०८:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

निर्देशक कृषा चौलागाई निर्देशित फिल्म एैचोपैचो आगामी भदौ १४ बाट प्रदर्शनमा आउदैछ । फिचर फिल्ममा निर्देशकको रुपमा होमप्रडक्सन फिल्म एैचोपैचोबाट डेब्यु गरेकी निर्देशक कृषा चौलागाई ले फिल्ममा राजनीति क्षेत्रको लेयरलाई पनि छोएको बताउछीन् । कृषा भन्छीन संसारमा सबैभन्दा ग्ल्यामर राजनीति र सिनेमा भएकोले राजनीतिक क्षेत्रलाई फिल्मले समेटेर लैजानु पर्छ । छ सात वटा स्किृप्ट छनौटमा अभिमन्यु निरबीले लेखेको एैचोपैचौ कृषाले मन पराएर छानेकी हुन ।

एैचोपैचो सामाजिक सबै परिवार बसेर हेर्न मिल्ने फिल्म भएको कृषाको भनाई छ । फिल्ममा नायिका स्वस्तीमा खड्का ,बर्षा राउत , अभिनेता मुकुन भुषाल , सुशिल सिटौला रहेका लगायत छन्। एैचोपैचो फिल्मका चार पात्र निर्देशक कृषाको नजरमा यस्ता छन् ।
स्वस्तीमा खड्का
नायिका स्वस्तीमा लामो रेसको घोडा हुन , फारसाइडेड गर्ल ,उनि अत्यन्तै गहिरिएर सोचबिचार गरेर मात्र बोल्छीन ,कतिबेला के गर्ने सबै थाहा छ त्यही भएर पपुलर पनि छिन भने काममा लगाव र मेहनतको प्रशंसा गरेर साध्य छैन । स्वस्तीमा पछाडिको यात्रा तय गर्ने नायिका हुन ।
                                                            बर्षा राउत
नायिका बर्षा राउत काममा खोटै लगाउन ठाउ छैन अति राम्रो ,पर्सनल्ली भन्दा अलि बच्पन छ ह्या के हुन्छ र चुलुबुल आजलाई बाच्ने टाइपको अलि चाइल्डीस्ट लाग्छ पछि सम्म के हुन्छ त्यती सोच राख्दीनन् यदि पछि सम्म सोच राखेर काम गरीन भने बर्षा मज्जले अघि बढ्छीन ।
                                                           मुकन भुषाल
कलाकार मुकुन भुषाल लक्की कलाकार लाग्छ किनभने उहाले बुलुबुल झिगेदाउ मा अभिनय गर्नुभयो जस्को सवत्र्र चर्चा भयो ,कति एब्टरहरुले त्यति चर्चा पाउन जिवनभर मेहनत गर्नुपर्छ राम्रो काम गरेपनि तर उहा फरक फरक कोण बाटआफ्नो कामले सबैलाई विश्वास गराउन सक्ने पात्रको रुपमा स्थापीत हनुभयो एैचोपैचोको पात्रमा नि उहा हिट हुनहुनेछ ।
सुशील सिटौला
कलाकार सुशिल सिटौला अति धेरै काममा लगाव राख्ने कलाकार हो , उस्लाई फिल्मको क्यारेक्टरबाट बाहिर निकाल्नै गार्हो हुन्छ । एैचोपैचोको सुटीड सकिएपछि बल्ल रियल सुशील सिटौला डबीडमा आएपछि फेरि सुशील हुन कति समय लाग्यो आफ्नो क्यारेक्टरमा धेरै डुब्ने पात्र हो सुशील ।

(3) पटक पटक आत्मह*त्याको प्रयास गरेकी मल्लीकाको फर्किएको खुशी अन्तरंग कुराकानी MallikaKarki /Sharada – YouTube

(3) फ्यान बनेर जिवनमा प्रबेश गर्नेसंग डिभोर्स भएपछि विवाह भन्ने शब्दनै डिलिट गरे Mallika karki – YouTube

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय