बरष्ठि अभिनेता सानु ताम्राकारको निधन

२०८० भाद्र ९, शनिबार ११:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बरष्ठि अभिनेता सानु ताम्राकारको निधन भएको छ । लामो समयदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका कलाकार सानु ताम्राकारको आज दिउँसो ३ बजेर २० मिनेटमा निधन हो । उनका छोरा

सारुकले असार २१ गते आत्महत्या गरेसँगै उनका पिता सानु ताम्राकार पनि कमजोर बनेका थिए । उनको मृगौलामा समेत समस्या थियो । उनको उपचारका क्रममा आज निधन भएको हो ।

नायक सारुक ताम्राकारले असार २१ गते आफ्नै घरमा आत्महत्या गरेपछि छोराको बियोगमा सानु ताम्राकार कमजोर बनेका थिए । । विगत केही सातादेखि नर्भिक अस्पतालमा उनको उपचार भैरहेको थियो ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ बजे पशुपति आर्यघाटमा राखिने परिवारले बताएको छ । कलाकार ताम्राकारले दर्जन बढी फिल्म र सिरियलमा काम गरेका छन् ।

उनले ‘जीवन रेखा, बदलिदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका फिल्ममा काम गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय