फिल्म जर्नालिज्म इन मोडर्न ईरा’ कार्यशाला सम्पन्न

२०७९ माघ १६, सोमबार ०२:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र पत्रकार संघ नेपालको आयोजनामा दुई दिने कार्यशाला सम्पन्न भएको छ । ‘फिल्म जर्नालिज्म इन मोडर्न ईरा’ शीर्षकमा सञ्चालित कार्यशालामा काठमाडौं र काठमाडौं बाहिरका एक सयभन्दा बढी पत्रकारहरूले सहभागिता जनाएका थिए ।

काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा सञ्चालित कार्यशालामा प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, विकास रौनियार, केपी ढुंगाना, विष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्रिय, बिदुर गिरी, विजयरत्न तुलाधर, डब्बु क्षेत्रीले पत्रकार आचारसंहिता, समाचार लेखन शैली, चलचित्र पत्रकारिताको इतिहास, विश्व सिनेमाको इतिहास, फोटोपत्रकारिता, साइबर क्राइम, भिडियो कथ्य शैली, प्रस्तोता तथा चलचित्र पत्रकारिताको महत्वलगायत शीर्षकहरूमा कक्षा सञ्चालन गर्नुभएको थियो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत भुसालले कार्यशालाको क्रममा यसको महत्वको बारेमा चर्चा गर्नुभएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र पत्रकारहरू चलचित्र क्षेत्रकै महत्वपूर्ण अंग रहेको बताउनुभएको थियो ।

केसीले नीतिगत रूपमै चलचित्र पत्रकारहरूलाई राज्यले विभिन्न सहयोग गर्ने बताउनुभएको थियो । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाले कार्यशालामा सिकेका कुराहरूले पत्रकारिताको कर्म गर्न सहयोगी भूमिका खेल्ने विश्वास लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय