
आँधी तुफान २ चलचित्र माघ २७ गते प्रदर्शनमा आउने भएको छ । मौनता श्रेष्ठले लेखेको लेडीज एक्सन चलचित्र आँधीतुफान २ लाई मदन घिमिरेले निर्देशन गरेका हुन । निर्माता समेत रहेका मौनता श्रेष्ठले आँधीतुफानमा नयाँ पुस्ताका नायिकाहरुलाई लिड क्यारेक्टरमा लिएका छन् । नायिकामा याङसु श्रेष्ठ ,सोनी बिसी ,आरती आचार्य रहेका छन् । आँधीतफान २ को पटक पटक रिलिज डेट सर्दै आएपनि अब भने ा२७ मा रिलिज गर्ने निर्माता तथा लेखक मौनता रुेष्ठले जानाकरी दिएका छन् ।