
नन्द गुरुङद्धारा रचना गरीएको नेपालै जाऔ जाऔं लाग्छ गितको भीडीयो सार्वजनिक भएको छ । रमण रेग्मीको स्वर तथा राजनराज शिवाकोटीको संगित रहेको गितको भीडीयोमा आमेश भन्डारी लक्ष्मी गिरी ,सुष्मीता कुँवर आकृती गौतम फिचर्ड छन् ।
बिदेशीदा आफ्नो जन्म भुमिको यादले कति सताउँछ भन्ने सन्दर्भ गितमा रहेको छ । भिडियोलाई केशबराज भट्टले निर्देशन गरेका हुन । झन्डै दुई दशक देखि अष्ट्रेलीयामा कर्म थलो बनाउँदै आएका नन्द गुरुङले अब निरन्तर नेपाली गितसंगित बजारमा ल्याउने बताएका छन् । नन्द गुरुङ गैरआवसीय नेपालीसंघ अष्ट्रेलीयाका अध्यक्ष समेत रहेका छन् भने समाजसेवाम लामो समय देखि सक्रिय छन् ।