
गायिका तथा नायिका भारती घिमिरे अहिले पनि उत्तिकै सक्रिय छिन् । कोशेली फिल्मबाटनायिकाकै रुपमा डेब्यु गरेकी भारती घिमिरेले थुप्रै फिल्ममा अभिनय गरेकी छनु भने गायनबाट आफ्नो यात्र शुरु गरेकी हुन ।
कोसेली फिल्मको कहाँ जाने हो देउता फिल्मको पीरतीको मिठो तिर्सना, कुसुमे रुमालको रेली खोला बगर , दगायत थुप्रै हिट गितकी गायिका हुन भारती घिमिरे ,उनका थुप्रै हिट गित तथा फिल्महरु छन् , त्यसो त उनि निर्मात्री पनि हुन । आफ्ना श्रीमान तुलसी घिमिरेको साथमा रहेका फिल्म निर्माण काममा अहिले पनि उनि उत्तिकै सक्रिय छिन् ।
बिडम्बना नेपाली फिल्म क्षेत्रमा काम गरेको ४० बर्ष बितिसक्दा पनि उनलाई सम्मान तथा अवार्डको लागि कसैले सम्झीएको थिएन , एउटा भीडीयोमा केमीयो रोल गर्नेले सम्म अवार्ड पाउने इन्डष्ट्रीमा उनलाई किन सम्झीएनन उनी अनभिज्ञ बनीन् र हाँस्दै भनीन् खै थाहै पो भएन । यस बर्ष दंशैको अवसर पारेर रेजिना इन्टरटेनमेन्ट र शहिद फिल्मसको संयुक्त आयोजनामा नवदुर्गा सम्मानले सम्मानीत हुने सिनियर अभिनेत्रीको रुपमा सम्मान पाउँदा धारी घिमिरेको खुशीको सिमा रहेन । उनले खुशी यसरी साटेकी छन् ।
बाँकी भारती घिमिरेसँग गरिएको कुरकाकानी भिडियोमा ।