बाबरी फिल्म टिमले माग्यो भुवन केसीको राजीनामा

२०७९ आश्विन १८, मंगलवार ०४:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

‘बाबरी’फिल्मका निर्देशक सुरेन्द्र पौडेल र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् ।

सोमबार पत्रकार सम्मेलनमा हलवालाले ‘बाबरी’लाई अन्याय गर्दा पनि बोर्ड मूकदर्शक बनेको आरोप बाबारी फिल्म टिमको रहेको छ । निर्माता संघका अध्यक्ष नवल खड्काले त दशैंपछि बोर्डविरुद्ध आन्दोलनको कार्यक्रम गर्ने समेत घोषणा गरे ।

निर्देशक सुदर्शन पौडेलले नेपाली फिल्मको हितमा काम गर्न नसक्ने हो भने बोर्ड अध्यक्ष भुवन केसीले पद छाड्दा हुने बताए ।

बाबरी फिल्म राम्रोसँग चलिरहंदा पनि हलले शो नराखीदिएको जस्मा विकास बोर्ड मुकदर्शक रहेकोले विकासबोर्ड खारेज गर्नुपर्ने निर्देशक पौडेलको भनाई छ ।

हलवालालाई बोर्डले दायरामा ल्याउनुपर्ने बताउँदै निर्देशक पौडेलले शो विभाजन नगरेकोमा आक्रोश व्यक्त गरे ।

विदेशी फिल्म देखाएर नेपाली फिल्मको प्रवर्द्धन गर्ने हो भने विकास बोर्डको जरुरी नरहेको भन्दै निर्माता संघका अध्यक्ष नवल खड्काले आक्रोशि पोखे । ‘विदेशी भाषाको डब गरेर नेपाली भाषा र चलचित्रप्रति अतिक्रमण गर्नेविरुद्ध हामी चाँडै आन्दोलनमा जान्छौं,’ खड्काले भने, ‘नेपालमा महिनामा एउटा मात्र विदेशी फिल्म चल्ने वातावरण बनाउनुपर्छ ।’

अभिनेता धीरज मगरले आफू बेलायतमा बस्ने नेपाली भए पनि नेपाली फिल्ममा भविष्य बनाउने उद्देश्य बोकेर नेपाल आएको बताए । अभिनेत्री अदिती बुढाथोकीले बाबरीविरुद्धको विभेदविरुद्ध सबैजना एकजुट हुनुपर्ने बताइन् ।

शुक्रबारदेखि रिलिज भएको फिल्म बाबरीको शो समय र विभाजनमा हल सञ्चालकले विभेद गरेको र यसविरुद्ध बोर्ड मौन बसेको आरोप फिल्म निर्माताको छ ।

केही महिनाअघि रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमा गरेर फिल्म प्रकाशले पनि हल सञ्चालकप्रति आक्रोश व्यक्त गरेको थियो । अभिनेता प्रदीप खड्काले त ‘प्रेमगीत ३’को पत्रकार सम्मेलनमै बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा मागेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय