गायिका मधु क्षेत्रीले छोरीकै सल्लाहमा गरीन भब्य विवाह

२०७९ आश्विन १७, सोमबार ०४:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका मधु क्षेत्रीले विवाह गरेकी छन् । सोचै झै रैनछ जिन्दगी गितले परिचित गायिका मधुले अष्ट्रेलीया निवासी सुरेश खड्का सँग विवाह गरेकी हुन । बिगत दुई बर्ष देखि रिलेशनमा रहेको गायिका मधु क्षेत्रीले बताउँदै आएकी थिईन केहि समय अगाडि टिकटक लाईभमा आफ्नो सम्बन्ध सामाजिक संञ्जालको माध्यमबाटनै जोडीएको उनले बताएकी थिईन ।

सुरजसँग रिलेशनमा रहेपछि केहि समय देखि सार्वजनिक कार्यक्रमहरुमा देखिएकी थिइनन् । दोहोरी गायनमा चर्चित गायिका क्षेत्री अब गायन क्षेत्रलाई बीट मार्दै आफ्नै श्रीमानसँग अष्ट्रेलीयानै बस्ने बताएकी छन् । गायिका मधु क्षेत्रीको यो दोश्रो विवाह हो ।

१७ बर्षिया छोरीकी आमा समेत रहेकी गायिका मधुले आफ्नो वैवाहिक सम्बन्ध र बिछोडको बारेमा सामाजिक संञ्जाल तथा बिभिन्न मिडिया अन्तवार्ताको क्रममा खुलस्त बताएकी छन् ।

जिन्दगीमा धेरै दुख पाएपनि अहिले भने सहि मान्छे र समय आएकोले विवाह गरेको उनले बताएकी छन् । बडा दंशैको नवरथा भित्रको साइत छोपेर
सबैलाई साक्षी राखेर बिधिपुर्वक विवाह गरेकी मधुले आफु र आफ्नो छोरीलाई अत्यन्तै मायाँ गर्ने श्रीमान पाएकोमा खुशी ब्यक्त गरेकी छन् ।


गायिका मधु क्षेत्रीको जोडीलाई वैवाहिक जिवनको शुभकामना

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय