
काठमाडौं क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार कमल कोइराला घरदैलो पुग्दा आफ्नो पक्षमा जनलहर उर्लिएको बताउछन् । चुनाव चिन्ह क्याप लिएर स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौ क्षेत्र नम्बर १ बाट आफू उभिदा आमनागरिकले परिवर्तनको महसुस गरेकाले आफुले चुनाव जित्ने बिश्वास बढेको कोइराला बताउछन ।
आफ्ना प्रतिस्प्रधीहरु परिचित भएपनी काठमाडौ १ को लागि काम नगरेकाले स्थानीय नागरिकहरु पुरानाको गफ देखि आजित भएको कोइरालाको भनाइ छ ।
आफुलाइ एक सक्षम र प्रतिबद्द उम्मेद्बारको रुपमा जनमतको कठघरामा उभ्याउदै
नेता भन्दा पनि “प्रतिनिधि सभा सदस्य” अर्थात जनताको प्रतिनिधि बनि व्यवहारिक, कार्यान्वयन योग्य र बाधा अड्काउ फुकाउने कानुन, निति र न्यायको सम्वाहक बन्ने अविचलित यात्रामा रहि आवश्यक योग्यता, अनुभव, योजना र दृढ इछ्याशक्ती सहित परिवर्तनको पक्षमा जनसमर्थन खोजेको कोइरालाको भनाई छ ।
कमल कोइराला अधिबक्ता सगै सामाजिक अभियान्ता र प्राध्यापक समेत हुन ।
कमल कोइरालाका प्रतिबद्धता–पत्र येस्ता छन :
कोइरालाले सार्वजनिक गरेको प्रतिबद्धता–पत्रमा मानवअधिकार, कृषि तथा जलविद्युत विकास, सुशासन, समावेशीता, खेलकुद तथा संस्कृति प्रवर्द्धन, राष्ट्रियता र कूटनीति, डिजिटल अर्थतन्त्र तथा निर्वाचन क्षेत्र केन्द्रित स्थानीय सरोकारका मुद्दाहरू समेटिएका छन्।
उनले संविधान प्रदत्त ३२ मौलिक हक कार्यान्वयन, निःशुल्क स्वास्थ्य तथा शिक्षामा पहुँच, एक घर–एक स्वास्थ्य बीमा, राष्ट्रिय मानसिक स्वास्थ्य सेवा नीति, मेरिटोक्रेसी प्रणाली लागू गर्ने लगायतका विषयलाई प्राथमिकतामा राखेका छन्।
कृषि तथा उद्योगतर्फ कृषियोग्य जमिनको वर्गीकरण, करार खेती, जैविक खेती प्रवर्द्धन, जलविद्युत तथा निर्यातमुखी उद्योग प्रवर्द्धन, स्टार्टअपलाई सहुलियत कर्जा र कर छुट दिने नीति अघि सारेका छन्।
सुशासन र न्यायका सवालमा अनलाइन तथा मोबाइल–आधारित सेवा प्रवाह, २४ घन्टे हटलाइन, इमर्जेन्सी अदालत, जेन्डर न्युट्रल कानुन तथा समावेशी आयोग गठनको प्रस्ताव गरिएको छ।
त्यस्तै, लुम्बिनी–पशुपति–जनकपुर धार्मिक सर्किटमार्फत पर्यटन प्रवर्द्धन, सम्पदा संरक्षण, डिजिटल आर्काइभ निर्माण, वातावरणीय न्याय सुनिश्चित गर्ने नीति पनि समावेश गरिएको छ।
डिजिटल अर्थतन्त्रअन्तर्गत ब्लकचेन, आर्टिफिसियल इन्टेलिजेन्स, ई–भोटिङ, डिजिटल रुपैयाँ, साइबर सुरक्षा र डेटा संरक्षणसम्बन्धी कानुन निर्माण गर्ने योजना उनले अघि सारेका छन्।
स्थानीय स्तरमा सुरक्षित सार्वजनिक यातायात, स्मार्ट ट्राफिक व्यवस्थापन, मेलम्ची खानेपानीको दिगो वितरण, फोहोर वर्गीकरण तथा रिसाइकल प्रणाली, सीपमूलक तालिममार्फत रोजगारी सिर्जना लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।
“पदका लागि होइन, पद्धतिका लागि” भन्ने नारासहित चुनाव चिन्ह ‘क्याप’ लिएर मैदानमा उत्रिएका कोइरालाले पारदर्शी र जवाफदेही शासन स्थापनाका लागि मतदातासँग जनसमर्थनको अपिल गरेका छन्।







