हात हल्लाउदैमा कोही प्रधानमन्त्री बन्दैन विश्वप्रकाश शर्मा

२०८२ फाल्गुन १६, शनिबार १६:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान सभापति शेरबहादुर देउवालाई आफूहरूले विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएको बताएका छन्।गुल्मी पुगेका उपसभापति शर्मा जेनजी आन्दोलनको बेलामा प्रधानमन्त्री छाड्ने फेरि चुनावपछि बन्ने प्रयासमा रहेको भन्दै एमाले अध्यक्ष ओलीको आलोचना गरे।

‘हामीले त पटकपटक प्रधानमन्त्री बनेका सभापतिजीलाई त सम्मानपूर्वक अब तपाईँले छोड्ने भनेर विनम्रतापूर्वक आग्रह गरेर छोड्न लगायौँ। अब अझै फेरि उनै अनुहार के भदौ २३ र २४ को विद्रोह थाहा छैनरु त्यो बेला देशमा प्रधानमन्त्री रहनुभएको को थियो थाहा छैनरु हामी पनि सरकारमा थियौँ। कमजोरीको कुरा हामी पनि जिम्मेवारी लिन्छौँ’ उनले एमालेलाई लक्षित गर्दै भने, ‘सबै उहाँको टाउकोमा हाल्दैनौँ। तर जेनजी को मुभमेन्टको बेलामा प्रधानमन्त्रीजीले छोड्नुपर्ने, फेरि जेनजीको मुभमेन्ट सकेर चुनाव भइसकेपछि उहाँलाई नै प्रधानमन्त्री बनाउनुपर्नेरु भनेपछि बदलियो केरु’

देशभर हात हल्लाउँदै हिँडेको आधारमा पनि कोही प्रधानमन्त्री नबन्ने बताए।उनले थपे, ‘आफ्नै प्रतिज्ञा पत्रमा के लेखेको छ एक एक अक्षर ख्याल छैन। हाम्रो प्रधानमन्त्रीको म्यान्डेट गगन थापाले घोषणापत्र लेख्ने समितिको संयोजक पनि बन्नुभो। एक एक अक्षर, अक्षर प्याराग्राफहरु हेर्नुभयो। त्यसैले देश बनाउन जाने भन्दै गर्दा हामी केवल गगन थापा प्रधानमन्त्री बनाएर बन्छ भन्नेमा हामी होइनौँ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय