मल्टिस्टारर ‘लाखे’ को दम्दार ट्रेलर कार्तिक ११ मा प्रदर्शन

२०७९ आश्विन १८, मंगलवार ०३:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्म ‘लाखे’ को ट्रेलर फूलपातिको अबसर
पारेर आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनीक गरिएको छ ।

फस्र्टलुक पोस्टर र टिजर सार्वजनीकसँगै चर्चामा रहेको ‘लाखे’ दिपावलीको कोसेली स्वरुप कार्तिक ११
गतेबाट देशब्यापी प्रदर्शनमा आउदैछ ।
सम्राट बस्नेत निर्देशीत फिल्मको ट्रेलरमा सस्पेन्स,थ्रीलर,एक्शन तथा
सेन्टिमेन्टसको समीश्रण देखिन्छ ।

फिल्ममा सौगात मल्ल,अनुप बिक्रम शाही,अर्पण थापा,आर्यन
अधिकारी,वर्षा राउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार,रक्षा
बुढाथोकी,कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा
छन् ।
सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश
मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन
प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै
द्धन्द्ध निर्देशन रहेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत
छ । ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन ।
औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण
गरेको फिल्मकोे पटकथा आकाश बरालले हुन भने सम्वादमा उनलाई अनुप
न्यौपाने सघाएका छन् । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय