नेपाल एशोशीएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस नाट्टाको आगामी माघ ३ गते हुन गैरहेको नया कार्यसमिति निर्वाचनमा मिहिका शाह धाख्वा नेतृत्वको महासचिव पदमा कमला गुरुङले उम्मेदवारी प्रस्तुत गरेकी छन् ।

ट्राभल लाईटको प्रबन्ध निर्देशक समेत रहेकी कमला गुरुङ पर्यटन ब्यवसायीसंघको निवर्तमान अध्यक्ष हुन भने सन २०१४ १६ को नाट्टा कार्यसमितिमा सदस्यको रुपमा रहेर काम गरीसकेको उनको अनुभव रहेको छ ।

महिला शसक्तिकरणको सन्दर्भ चलिरहेका बेला महिलाहरुको टिमलाई बलियो बनाउदै नाट्टाको हक हितको लागि काम गर्न आफ्नो उम्मेदवारी प्रस्तुत गरेको उनको भनाई छ । आफ्नो टिम स्वतन्त्र रहेको र महिला सहभागिता धेरै रहेको जसमा आफुलाई गर्व लागेको उनको भनाई छ । कमला भन्छीन , अहिलेको समयमा महिला पुरुष भन्ने पनि हुदैन हामी शिक्षित छोै , क्षमतावान छौं ।
राजनीतिक हिसावले भन्दा पनि ब्यवसायीक हिसावले आफ्नो टिमको दाबेदार रहेको उनको भनाई छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.