
चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले माइतिघर मन्डलामा धर्ना बसेको २४ दिन बितिसक्दा पनि सरकारले वेवास्ता गरेकोमा आक्रोश पोखेको छ । आफ्ना मागहरु राख्दै माइतिघर मन्डलामा बिगत २४ दिन देखि आन्दोलनरत समितिले २५ औं दिन अर्थात मंगलबार भदौ १९ गते थाल चम्चा सिटी र एकोहोरो शंख बजाउदै संसद भवनसम्म पुगेर राज्यको ध्यानकर्षण गर्ने बताएको छ । हालसम्म बिरोध कार्यक्रमलाई एक्यबद्धता जनाउने संस्थाहरु २० वटा पुगेको संघर्ष समितिका संयोजक निर्मल सापकोटाले जानकारी दिनुभयो । बिभिन्न संघसंस्था तथा मन्त्रीहरुको नै बिरोध कार्यक्रमको लागि समर्थन भएपनि ब्यवहारमा भने लागु नभएको र माग पुरा नभएको संघर्ष समितिको भनाई छ ।स्वेैच्छाचारी चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने ,सीटीभीटीको पुनर्सरचना गर्नुपर्ने ,लगाए १४ वटा माग राख्दै बिरोध कार्यक्रम भैरहेको छ ।