फिल्म निर्माता एवं निर्देशक छविराज ओझाले श्रीमती एवं नायिका शिल्पा पोखरेललाई विवाद त्यागेर घर आउन आग्रह गरेका छन् ।

केही साताअघि दुई जना बीच घरझगडापछि शिल्पा आफन्तको घरमा बस्दै आएकी छिन् । प्रहरीमा छविविरुद्ध घरेलु हिसांको उजुरी दिएकी शिल्पा यतिबेला श्रीमानसँग नबसेर डिभोर्स गर्न सोचमा पुगेकी छिन् ।

छविले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत शिल्पालाई घर फर्किन आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘तिम्रा लागि मेरो घरको ढोका २४ सै घण्टा खुल्ला छ, कमजोरी सच्याएर बाँकी जीवन सँगै बिताऔं । अरुका कुरा नसुन ।’

उनले अगाडि भनेका छन्, ‘यदि तिमी मसँग नबस्ने निष्कर्शमा पुगेकी हौ भने पनि एकपटक मसँग कुरा गर, मैले अहिलेसम्म कुनै पनि श्रीमतीलाई अन्याय गरेको छैन ।’