औद्योगिक शान्ति नेपाल द्वारा आयोजित म्युजिकअवार्ड ,मा लाहुरे बोलको गीत बाट गायिका राधिका हमाल उत्कृष्ट लोक दोहोरी गायिका अवार्ड जित्न सफल  भएकी छ छीन । औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा सम्पन्न भएको ‘औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड – २०७६’ मा सर्वोत्कृष्ट गायक कुलेन्द्र विक। र सर्वोत्कृष्ट गायिका राधिका हमाल हुन सफल भएका छन् । गायक कुलेन्द्र विक।ले सालको पात गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड चुम्न सफल भएका हुन् भने गायिका राधिका हमालले लाहुरे गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भएकी हुन् ।
त्यस्तै औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्डमा तीन विधामा अवार्ड चुम्न सफल हुँदै ‘विन्ती छ मलाई’ बोलको गीतले ह्याट्रिक गर्न सफल भएको छ । सोही गीतबाट सर्वोत्कृष्ट संगीतकार सुगम संगीततर्फ ज्योतिप्रकाशले अवार्ड चुम्न सफल भए भने म्यूजिक भिडियो निर्देशकमा सुमन पण्डित, म्यूजिक भिडियो मोडलमा नारायण ढकालले अवार्ड चुम्न सफल भएका थिए ।
त्यसैगरी सुगम संगीततर्फ गायक रमेशराज भट्टराई, गायिकातर्फ रेणु मोक्तान, गीतकारतर्फ डा।डी।आर। उपाध्यायले अवार्ड चुम्न सफल भएका थिए भने युगल गायनको अवार्ड समिर आचार्य र विद्या तिवारीले अवार्ड चुम्न सफल भए ।
लोकदोहोरी विधातर्फ सर्वोत्कृष्ट शब्द शिव हमाल, सर्वोत्कृष्ट भाका वसन्त थापाले चुम्न सफल भए भने सर्वोत्कृष्ट नव गायनतर्फ गायिका सन्जु न्यौपाने र इन्द्र दोङ लामाले अवार्ड चुम्न सफल भए । कल्चरल गीतर्फ गायिका लक्ष्मी तामाङ र रुद्रसेन विश्वकर्माले अवार्ड चुम्न सफलभएका थिए ।
कार्यक्रममा नेपालका पहिलो ड्रमर देव रानालाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने वरिष्ठ सङ्गीतकार राजु सिंहलाई रजत सम्मान प्रदान प्रदान गरिएको थियो । वरिष्ठ पत्रकार हरिहर विरहीलाई विशेष पत्रकारिता सम्मान प्रदान गरिएको थियोे भने पत्रकार, समाजसेवी, व्यवसायी, खेलाडी लगायत २६ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

 

 

Leave comment

Your email address will not be published. Required fields are marked with *.