शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान–२०१९’ भन्ने नारा सहित ०७५ सालको चैत अन्तिम साता विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण यात्रा थालनी गरेकी कल्पना महर्जनले ७ हजार मिटर उचाइ पूरा गर्न सफल हुनु भएको छ ।

यही ०७६ वैशाख १९ गतेसम्ममा पत्रकार तथा महिला सगरमाथा आरोही कल्पना महर्जन विश्वको सर्वोच्च शिखर सगरमाथा चीनको ल्हासातर्पmको मोहोडाबाट शिखर आरोहणमा ७ हजार मिटर पूरा गर्नु भएकोे हो ।

पर्वतारोहण व्यवस्थापन कम्पनी एक्सिपिरेन्स आउट डोर्स नेपालका निर्देशक रविन्द्र महर्जनले कल्पना महर्जनले शिखर आरोहणका लागि यस पटक गरिरहनु भएको तयारी व्यवस्थित र वैज्ञानिक तरिकाले गरिएको बताउनु भयो ।

ललितपुर महानगरपालिका स्थापनाको १०० औँ वर्षगाँठ र वाङमय शताब्दी पुरूष वरिष्ठ संस्कृतिविद डा।सत्यमोहन जोशीको १०० औँ जन्मोत्सवको अवसर पारेर आरोही महर्जनले ललितपुर महानगरपालिकाको नाम, लोगो र जोशीको तस्वीर अंकित झण्डा सगरमाथाको शिखरमा फहराउने योजना छ ।

महर्जनले सफल शिखर आरोहणका लागि ललितपुर महानगरपालिका, ललितपुर उद्योग बाणिज्य संघ, श्री दक्षिण बाराही इटा उद्योग, बुद्ध एयर, एभरेष्ट फेसन, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी, आईआईएमएस कलेज, इमाडोल स्वीमिङ पुल, डिस होम, एभरेष्ट हार्डवयर र ग्रेस इन्टरनेशनल लगायतका संघ, संस्थाहरूको आर्थिक सहयोग रहेको छ ।


आरोहणको शिलशिलामा विभिन्न बाधा, अड्चन छिचोल्दै अघि बढ्नु भएकी महर्जनको स्वास्थ्य अवस्था र मौसमी तथा वातावरणीय अवस्था ठीक भएमा मे महिनाको दोस्रो हप्तासम्ममा सफल आरोहण गर्ने आरोहण दलले जनाएको छ ।

आरोही महर्जनले सन् २०१८ को मे २३ तारिखका दिन नेपाल तर्पmको दक्षिण मोहोडाबाट सगरमाथा शिखरको सफल आरोहण गर्नु भएको थियो । महर्जनको यो आरोहण सफल हुँदा उहाँ सगरमाथाको दुवै मोहोडाबाट शिखर चुम्ने विश्वकै पहिलो महिला पत्रकारको किर्तीमान स्थापित हुने दावी रहेको छ ।