बिहे गरेको छ महिना पछि विल्सन बिक्रमको बिहेको चर्चा बजारमा चलिरहेको छ ।

‘तक्मे बुढा’ विल्सन  विक्रम राइले बिहे गरेको कुरा खुलाएका छन् । विल्सन भन्छन्–‘मैले बिहेको खबर लुकाउनुपर्ने कुनै कारण नै थिएन । तर, दुलही पक्षले विभिन्न कारणले सार्वजनिक गर्न नचाहेकाले लुकाएको जस्तो भयो ।’ विल्सनले झापाकी सरिना लामासँग मागी बिबाह गरेका हुन् । उनले भने–‘हामी एउटै स्कुलमा पढेका हौं । मैले उनलाई स्कुल पढ्दादेखि नै मन पराएको थिएँ । तर, हामी दुबैले एक अर्कालाई भन्न सकेका थिएनौ । अहिले परिवारले नै उनको हात माग्न पुगेपछि बिहे भयो ।’

विल्सनले गतबर्षको फागूणको अन्त्यमा बिहे गरे । विल्सनको बिहेको तस्वीर सो समयमा पनि फाट्टफुट्ट सार्वजनिक नभएको होइन । तर, उनका फ्यानलाई सुटिङको फोटो जस्तो लागेको थियो ।

फागूणमा इन्गेजमेन्ट गरेर बिहे भने भव्य गर्ने योजनामा थिए विल्सन । तर, सरिनाको ‘लामा परम्परा’ अनुसार तत्काल बिहे गर्नुपर्ने भएकाले सानो बिहे गरेको विल्सन बताउँछन् । लामाहरुको ‘सुंगुर बर्ष’ परेकाले पनि बिहे चाडै गरेको विल्सनले सुनाए । सरिना युएनमा काम गर्थिन् । तर, ‘भुटानी शरणार्थी’ सम्बन्धी प्रोजेक्ट बन्द भएपछि सरिनाले अहिले विल्सनको घर सम्हालिरहेकी छिन् ।

बिहे लगतै विल्सन र सरिना हनिमुनका लागि अष्ट्रेलिया समेत पुगेका थिए । सरिनानको मिडियासँग लजाउने बानी छ । यसैले, पनि उनी मिडियामा आएकी छैनन् ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.