वितरक गोविन्द शाहीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय अपराध महाशाखा टेकुले अपराधिक विश्वासघात तथा अपराधिक लाभको मुद्धामा बुधबार कमलपोखरीबाट पक्राउ गरेको हो । सोधपुछका लागि अहिले प्रहरीले उनलाई टेकुमा राखेको छ ।

निर्देशक तथा निर्माता मिलन चाम्स र निर्माता सुदीप खड्काले फिल्म ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) नदिएको र नदेखाएको भन्दै करीब एक वर्ष अगाडि निर्माता शाहीविरुद्ध टेकुमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी यस फिल्मका निर्मातासँगै वितरक पनि हुन् ।