पत्रकार सालिकराम पुडासैनी आ’त्मह’त्या प्रकरणमा प्रहरी हि’रासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको उ’जुरी  दर्ता गर्न काठमाडौँ  प्रहरीले अस्वीकार गरेको छ । निकिता पौडेलले मृ’तक सालिकराम पुडासैनीको भिडियो किर्ते गरेको भन्दै प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ , नेपाल आज अनलाइनका सम्पादक सङ्केत कोइराला र चितवनका एसपी दानबहादुर मल्ल वि’रुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

काठमाडौँ प्रहरी परिसरमा तीन जनाको नाममा जाहेरी दिन पुगेकी निकितालाई उक्त विषय काठमाडौँ प्रहरीको कार्य क्षेत्राधिकार भन्दा बाहिर रहेकोले  जाहेरी नलिएको परिसरका एसपी अशोक सिंहले जानकारी दिए । निकिताले सालिकराम पुडासैनी आ’त्मह’त्या प्रकरणको भिडियो किर्ते बनाएर सार्वजनिक गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र २७७ अनुसार उजुरी दिन काठमाडौँ प्रहरीमा पुगेकी थिइन् ।

रवि पत्नी निकिता, दाजु हरिशंकर लामिछाने र अधिवक्ता राजेन्द्र सेढाइले उक्त विषयमा प्रहरी उपरीक्षक अशोक सिहसङ सँग आधा घण्टा छलफल गरेका थिए । छलफलमा सहभागी प्रहरी उपरिक्षक अशोक सिहसङले यो विषय प्रहरीको क्षेत्राधिकारभित्र पर्ने नभई अदालतले छिनोफानो गर्ने विषय भएको बताए ।