बिगत दश बर्षदेखि ट्रेकीङ गाईडको रुपमा कार्यरत छोङबा शेर्पाको उपचारार्थ युएसए नेपाल आरोहण संघले रु दुईलाख पन्ध्र हजार ५ सय २० रुपेैया प्रदान गरेको छ ।

गत श्रावण महिनामा तिब्बतबाट ८७ जना भारतीय पर्यटकहरुसंगै गाईड गरेर फर्किएका छोङबा शेर्पा रसुवाको टिम्मुरे भन्ने ठाउमा लोकल जिप गुडीरहेकै अवस्थामा ढुङगा खस्दा घाईते भएका थिए ।

९ जना सवार सो जीपमा रहेका दुईजनाको घट्नास्थलमै मृत्यु भएको थियो भने छो«बा शेर्पाको देब्रे खुट्टा भांचीएको थियो । उनको उपचारार्थ शेर्पा संचार समुहले मध्यस्थकर्ताको भुमिका निर्वाह गर्दै युएसए नेपाल आरोहणसंघले प्रदान गरेको रकम हस्तान्तरण गरेको समुहकी अध्यक्ष निम्लेकी शेर्पाले बताईन ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.