मदिरा

एक गिलास वाइनले अवश्य पनि हाम्रो थकान मेटाउन मद्दत गर्दछ र रोमाञ्चक डेटमा रोमान्टिक हुन पनि मद्दत गर्दछ। फेरि कुनै सामाजिक कार्यमा पनि अञ्जान व्यक्तिसँग बोल्नको लागि मदिराले अलिकति भएपनि हिम्मत प्रदान गर्दछ। तर वास्तवमा, मदिरापानले तपाईँको यौनजीवनमा एकदमै नराम्रो असर गरिरहेको हुन्छ। यसले यौनचाहनामा ह्रास ल्याउँदछ भने लिङ्ग उत्तेजनामा पनि समस्या ल्याउँदछ। साथै यसको मातमा अधिकांशले आफ्नो प्रेमसम्बन्धमा चिसोपना ल्याउन सक्ने खालको निर्णय गर्ने पनि पाइन्छ।

मासु

हुन त मासुमा पनि प्रोटिन र जिङ्क पाइन्छ। तर यो भन्दा पनि बढि यसमा बोसो र कोलेस्ट्रोल हुन्छ। जसले मधुमेह, उच्च रक्तचाप अनि अन्य मुटुसम्बन्धी समस्या ल्याउन सक्दछ। अनि यस्ता समस्याले यौनजीवनमा बिस्तारै खल्लोपना ल्याउँदछ। अन्य बोसोयुक्त खाना फ्राइ गरेको खानेकुरा र धेरैजसो फास्टफुडहरूमा ‘खराब बोसो’ हुने गर्दछ, जसले मुटुमा नराम्रो प्रभाव पारी रक्तसञ्चारमा बाधा पुर्याउँदछ।

फ्राइ गरेको आलु

फ्रेन्च फ्राइ० ले मधुमेह निम्त्याउन सक्ने सम्भावना बढाउँदछ, जुन पुरुष र महिला दुवैको लागि एकदमै हानिकारक तत्व हो। तर सिन्थिया सास भन्छिन्– “फ्राइ गरेको तेलले पनि फरक पार्दछ। धेरै चिल्लो पदार्थ भएको अनि कम छानिएको तेलले मुटुको समस्या ल्याउन सक्दछ भने वनस्पति तेलमा चिल्लो पदार्थ कमि हुन्छ, जसले खानालाई कम बोसोयुक्त बनाउँछ।”