नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाट्टाको नयाँ नेतृत्वका लागि तीन समूह चुनावी मैदानमा उत्रिएका छन् ।

नेपाल कम्युनिट पार्टी नेकपा को समर्थनमा भीम प्रसाद पन्त र नेपाली कांग्रेसको समर्थनमा अच्युत गुरागाईले आफ्नो प्यानल घोषणा गरेका छन् । यी दुई प्यानलभन्दा छुट्टै मिहीका शाह धाख्वा नेतृत्वको स्वतन्त्र प्यानल आइतबार घोषणा भएको छ ।

मिहीकाको प्यानलबाट वरिष्ठ उपाध्यक्ष नारायण गुरुङ कोने, उपाध्यक्ष रमेश थापा, महासचिव कमला गुरुङ, सचिव अमृत कुमार ढकाल र कोषाध्यक्ष देवकी गुरुङ, सह कोषाध्यक्ष फुडोमा शेर्पा उम्मेदवार भएका छन् । सदस्यहरुमा विष्णु बस्नेत, विजय राई, सुजिता गजमेर रसाइली, श्रृजना महर्जन, सागर अधिकारी, राजकुमार देवकोटा, भरत जंग पाण्डे र सुवास महर्जन उम्मेदवार रहेका छन् ।

मिहीका निर्वाचित भए, नाट्टाको ५२ वर्षे इतिहासमा दोस्रो महिला अध्यक्ष हुनेछ । यसअघि सन् १९९७ मा अम्बिका श्रेष्ठ अध्यक्ष भएकी थिइन । जेनिथ एक्स्पिरियन्सेज ट्राभल सर्भिसका प्रबन्ध निर्देशक मिहिका सन् २०१४–०१६ को कार्यकालमा नाट्टाको महासचिव भएकी थिइन । ट्राभल लाइटका प्रवन्ध निर्देशक कमला गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल जीटीनका निवर्तमान अध्यक्ष समेत हुन् । उनी नाट्टाका पूर्व केन्द्रीय सदस्य पनि हुन् ।

नाट्टाको निर्वाचन आगामी माघ ३ गते काठमाडौंमा हुँदैछ । निर्वाचनमा ४ सय ४८ मतदाताले मतदान गर्ने छन् ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.