मिस टुरीज्म २०१९ को उपाधी आरजु पोख्रलले चुमेकी छन् । शनिबार मल्ल होटलमा सम्पन्न मिस टुरीज्मको अन्तिम प्रतिस्पर्धामा आरजु पोख्रल उत्कृष्ट बनेकी हुन ।

मिस टुरिजम–२०१९,फस्र्ट रनर अप युसिका तुलाधर र मिस टुरिजम–२०१९ सेकेण्ड रनर अप को उपाधी सविता न्यौपानेले हात पारे । निर्णायक मध्येका सि एन पाण्डेले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्राउन सरकारले गर्नुपर्ने ३ वटा काम के के हुन भन्ने प्रश्नको सामना टप फाईभ फाईनलीष्टले गरेका थिए ।

प्वाईन्ट मिडियाद्धारा आयोजीत चौथो संस्करणको मिस टुरीज्मको ग्रयान्ड फिनालेमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्ज ९नाट्टा० का अध्यक्ष सि।एन पाण्डे, ग्रीस का अवैतनिक महा वाणिज्य दुत तथा अग्रज पर्यटन व्यवशायी बिक्रम पाँडेकाजी,गाउँ पर्यटन प्रवद्र्धन मञ्च९नेपाल०का पूर्व अध्यक्ष कमल सापकोटा,टानका बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी,मिस नेपाल–२००० उषा खड्गी,टानका पूर्व महासचिवहरु सागर पाण्डे र मोहन लम्साल,नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ,युवा पर्यटन व्यवसायीहरु राजन सिम्खडा र अञ्जन थापा९कुमार०ल निर्णयकको भुमिका निर्वाह गरेका थिए । मिस टुरीज्मको अफिसियल कोरीयोग्राफी रोजीन शाक्यले गरेका हुन

मिस टुरीज्ममा उत्कृष्ट हुनेहरुले बिभिन्न अवसर तथा पुरस्कारहरु प्राप्त गरे ।